पत्रकार कृष्णमणी बरालललाई संरक्षण पुरस्कार

विश्व बन्यजन्तु कोष नेपालले हरेक वर्ष संचार क्षेत्रका लागि प्रदान गर्दै आएको संरक्षण सम्वन्धि पुरस्कार २०१२ बाट पोखराबाट पत्रकारीता गरिरहेका पत्रकार कृष्णमणी बराललाई सम्मानित गरिने भएको छ । फोटो पत्रकार संघ कास्कीका अध्यक्ष एवं अन्नपूर्ण पोष्ट र दि हिमालयन टाइम्सका पश्चिमाञ्चल फोटो पत्रकार कृष्णमणि वराललाई सम्मानित गरिने भएको हो ।

संचारकर्ममा कार्यरत रही संरक्षणको क्षेत्रमा योगदान पु¥याएवापत बरालललाई मिडिया इन कन्जरभेसन अवार्ड नाम दिइएको यो पुरस्कार प्रदान गरिन लागेको कोषले जनाएको छ । असोज सात गते काठमाडौंको सिटीहलमा राष्ट्रिय संरक्षण दिवसका अवसरमा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ नगद रहेको जनाइएको छ ।

कमेन्टहरु
Loading...