ओलि स्वास्थ्य परिक्षणका लागि थाइल्यान्ड जाने

पुस २१ ,

एमाले अध्यक्ष केपी शर्मा ओली आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा ओली चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।

केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् । ओलीले सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ ।

ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको समेत छलफल हुन सकेको छैन ।

कमेन्टहरु
Loading...