'बाढी पीडितको फोटो रेग्मीलाई देखाउँछु'

होलिया (बाँके), श्रावण २१ – एमाले नेता केपी शर्मा ओलीले सोमवार भारतले एकतर्फी रुपमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण डुबानमा परेको होलिया क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
उनले राप्ती नदी र दुईवटा प्राकृतिक नालाको बहाव रोकिएर डुबान र कटानमा परेको होलिया -५ टेपरी गाउँको निरीक्षण गरेका हुन् । नेता ओलीलाई बाढी पीडितहरुले भारतले सीमामा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले गर्दा वर्षातको पानी रोकिएर बर्षेनी डुबान, कटान र खेतमा माटो पटान हुने भएकाले त्यसको स्थायी समाधानका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।
स्थायी तटबन्ध, पीडितको बसोबास र क्षतिको मुआब्जा लगायतका माग उनीहरुले गरेका हुन् । नेता ओलीले स्थानीयको समस्या सुनेपछि त्यसका बारेमा माथिल्लो निकायमा कुरा राख्ने बताए । ‘म मन्त्रिपरिषद् अध्यक्ष (खिलराज रेग्मी)र गृहमन्त्री लगायतलाई समस्याका बारेमा अवगत गराउँछु,’ उनले स्थानीयहरुलाई आश्वस्त पार्न खोज्दै भने, ‘फोटोहरु पनि खिचेको छु । ती पनि देखाएर तपाईंहरुका पिरमर्काका बारेमा सम्बोधन गर्न लगाउँछु ।’
– See more at: http://www.ekantipur.com/np/2070/4/21/full-story/373459.html#sthash.RLWqT6Th.dpuf

कमेन्टहरु
Loading...