निर्वाचन छठपछि : ओली

तनहुँ, चैत्र २९ – एमाले नेता केपी शर्मा ओलीले छठलगत्तै निर्वाचन मिति तोक्नुपर्ने बताएका छन् । एमाले तनहुँको आठौं जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै नेता ओलीले असारदेखि कार्त्तिक तेस्रो हप्ता अघि निर्वाचनको लागि उपयुक्त समय नभएको बताए । ‘कार्त्तिक २२ गते छठअघि निर्वाचनको लागि उपयुक्त समय छैन्,’ उनले भने, ‘असार र साउनमा पानीले सास्ती दिन्छ, असोज र कार्त्तिकमा चाडबाड पर्छ । त्यसैले उपयुक्त समय भनेको छड पछि नै हो ।’

उनले कार्त्तिक चौथो सातादेखि मंसिर पहिलो सातासम्म निर्वाचनको लागि उपयुक्त समय भएको वताए । उनले अबको निर्वाचनबाट एमाले बहुमतले अघि हुन सकेमात्र संविधान बन्न सक्ने सुनाए । उनले माओवादी उग्र विचार र कांग्रेस घमण्ड र अहंकारका कारण जनतामाझ पतन भइसकेको आरोप लगाए । उनले माओवादीलाई सत्ता कब्जाको सपना नदेख्न चुनौती दिए ।

‘अब माओवादीले सत्ता कब्जाको सपना नदेखे हुन्छ,’ उनले भने, ‘माओवादीको शक्ति अव जनताले थाहा पाइसकेका छन् ।’ उनले पुष्पकमल दाहाल प्रचण्ड र वावुराम भट्टाराई दुवैको नेतृत्वको सरकारमा भ्रष्टचार, नातावाद, कृपावादले प्रसय पाएको वताए । उनले वावुराम भट्टराईले मुलुकमा सत्ता लम्ब्याएर निरंकुशता लाद्न चाहेकोमा प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारपछि भट्टराईको सपना समाप्त भएको आरोप लगाए । उनले भट्टराई नेतृत्वको सरकारमा भ्रष्टाचार, नातावाद, कृपावादले धेरै पश्रय पाएको वताए । cp. ekantipur

कमेन्टहरु
Loading...