‘को बन्छ करोडपति’को पहिलो सिजन सकियो, दोस्रो केही महिनामै

काठमाडौं, २१ जेठ /नेपालमा पहिलोपटक सञ्चालन भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को पहिलो सिजन सकिएको छ ।

नायक राजेश हमाल कार्यक्रम सञ्चालक रहेको कार्यक्रम ५२ श्रृंखला प्रशारण भएको थियो ।
‘को बन्छ करोडपति’को पहिलो श्रृंखलामा मोरङका राजीव जैनले १५ वटै प्रश्नको जवाफ मिलाएर एक करोड रुपैयाँ जितेका थिए ।

‘को बन्छ करोडपति’को सिजन टुमा पनि कार्यक्रम सञ्चालक पनि प्रशारण हुने छ । ‘को बन्छ करोडपति’ को अन्तिम सोमा प्रस्तोता राजेश हमालले सिजन टु पनि आउने घोषणा गर्दै सहभागिता जनाउनका लागि अहिलेबाटै पढ्न सुरु गर्न दर्शकलाई आग्रह गरे ।

‘को बन्छ करोडपति’का प्रमुख कार्यकारी अधिकृत विपीन आचार्यले तीनचार महिनामा दोस्रो सिजन प्रशारण सुरु गरिने बताए ।

कमेन्टहरु
Loading...