निर्माता चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई

काठमाडौं, ३० मंसिर / चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराई निधन भएको छ । भट्टराईको आइतबार राती निधन भएको हो ।

उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई तत्काले मृत घोषणा गरिएको थियो ।

उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन । ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा छन् ।

उनले पछिल्लो पटक यात्रा चलचित्र निर्माण गरेका थिए । उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका चलचित्र निर्माण गरेका थिए ।

कमेन्टहरु
Loading...