ज्योतिष भन्छन् -रेग्मी फेल खान्छन्

74

७ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने’bout मुख्य दलहरुले कसरत थालेको धेरै दिन भैसक्दा समेत यसको टुंगो लागेको छैन । रेग्मीलाई कुन हैसियत र प्रकृयाबाट सरकारको नेतृत्व दिने भन्ने विषयमा दलहरु अझै मोलतोल गर्दैछन् । त्यसमाथि रेग्मीलाई नेतृत्व दिन हुँदैन भन्ने मत पनि उत्तिकै बलियो छ ।

भूतले खाजा खानेबेला सरकारको नेतृत्व लिन तयार देखिएका प्रधानन्यायाधीश रेग्मी पनि उत्तिकै दोधारमा हुनुहुन्छ । दलहरुले खटाएको लिनु कि नलिनु भन्नेमा उहाँ आफैं अलमलमा हुनुहुन्छ । दलहरुले नसेकेको कुरा आफूले सक्छु भन्ने दरिलो विश्वास पनि उहाँले लिन सक्नुभएको छैन ।

दलभित्रका धेरै नेता र नागरिक समाजका केहीलाई जस्तै रेग्मीलाई पनि आफ्नो कुर्सीप्रति विश्वास नलागिरहेको बेला ज्योतिषीले पनि रेग्मीको साइत ठीक नभएको बताएका छन् । ज्योतिष डा. वासुदेव कृष्ण शास्त्रीका अनुसार प्रधानन्यायाधीश रेग्मीलाई सत्ता सम्हाल्न अहिलेको स्थिति अनुकूल छैन ।

‘अहिले शुक्रास्त शुरु भएको र उल्का वर्षा भएको बेला छ’ शास्त्रीले अनलाइनखबरसित भन्नुभयो-’ज्योतिषशास्त्रको हिसाबले यो अशुभ समय हो, योबेला उहाँले शासन सम्हाल्नु मुलुकलाई अँध्यारो सुरुङतिर लैजानु हुनेछ ।’ देशले निकास नपाउने दिशातिर दलहरुले सहमति गर्न खोजेको उहाँको टिप्पणी छ ।

‘पहिलो कुरा त रेग्मीको नेतृत्वमा सहमतीय सरकार बन्ने सम्भावना छैन, बनेपनि टिक्ने सम्भावना छैन र टिकेपनि यसले निकास दिँदैन’ शास्त्रीले भन्नुभयो । तर शपथग्रहणको समयले अरु कुरा निर्धारण गर्ने उहाँको भनाई छ । cp. onlinekhabar

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Comments are closed.