संगम क्लबलाई बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल लिग फुटबल प्रतियोगिताको उपाधि,

एलजी ३–२ ले पराजित
पोखरा, १९ माघ/संगमक्लबलेपोखरामाजारी बलराम केसी स्मृतिकास्कीजिल्लास्तरीय रेडबुल लिग फुटबल प्रतियोगिताको उपाधिजित्न सफलभएको छ। आइतबार पोखरा रड्डशालामाभएको फाइनल खेलमाएलजीएशोसिएसनलाई ३–२ ले पराजितगर्दै संगमक्लबले दोस्रोपटक पनिउपाधिजित्न सफलभएको हो। निर्धारित ९० मिनेटमा दुई–दुई गोलको बराबरीमा सकिएपछि १०–१० मिनेटको अतिक्ति समय खेलाइएको थियो। अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमाविवेक गुरुङले फ्रिकिकमार्फत गरेको निर्णायकगोलले संगमक्लब क्षेत्रीयप्रतियोगिताको लागिलगातार तेस्रोपटक छनौट भएको हो।उनीकप्तानकिरण गुरुङ ठाउँमा मैदान छिरेका थिए। अब संगमले माघ २५ गतेदेखि बुटवलमा हुने एन्फाले वर्गीकरण गरेको क मान्यताप्राप्त टीमहरूसँग क्षेत्रीयप्रतियोगितामा सहभागिताजनाउनपाउनेछ।गतवर्ष कास्कीलिगविजेता गार्डेन र उपविजेताहोटल प्रतिनिधि समाजकारबाहीमा परेपछि संगमले कास्कीजिल्लाको प्रतिनिधित्वगर्दै क्षेत्रीयलिगमा सहभागिताजनाउने मौकापाएको थियो भने दुईवर्षअघि च्याम्पियनभएर राष्ट्रिय लिगमापनि सहभागीभएको थियो।

संगम क्लब बलराम केसी स्मृति कास्की जिल्ला स्तरीय रेडबुल लिग फुटबल प्रतियोगिताको उपाधि उचाल्दै
संगम क्लब बलराम केसी स्मृति कास्की जिल्ला स्तरीय रेडबुल लिग फुटबल प्रतियोगिताको उपाधि उचाल्दै

पहिलो हाफको २६ मिनेटभित्रलगातार दुई खाएपछि संगम पूर्ण दबाबमा परेको थियो।तर दोस्रो हाफमा १७मिनेटभित्र दुई गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको थियो। संगमले दुवै गोल गोलकिपर तेन्जिननाम्गेलको गल्तीमाखाएको थियो। उनीअनावश्यकरूपमा अगाडि बढ्दा १७मिनेटमा एलजीका खगेन्द्र पुनले पहिलो गोल गरे भने २६ मिनेटमा त्यहीगल्ती दोहो¥याउँदानितेश श्रेष्ठले दोस्रो गोल गरे।दोस्रो हाफमा संगमले गरेकादुवै गोल कुमार गुरुङको नाममा रह्यो। उनले ५९ र ७६ मिनेटमागोल गरेकाथिए।

उपाधिसँगै संगमलेआयोजकले प्रोत्साहनस्वरुपव्यवस्था गरेको नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तग¥यो भने उपविजेताएलजीले नगद १५ हजारमाचित्तबुझायो।प्रतियोगितामा सर्वाधिक समान छ गोल गरेकाएलजीकाविश्व गुरुङ र शीतलज्योतिक्लबकाप्रवीन गुरुङले ट्रफी पाए। सो खेलमा संगमकाकिरण गुरुङ, कुमार गुरुङ, विवेक गुरुङ तथाएलजीकाप्रदीप गुरुङ आदर्श शाही, विक्की गुरुङले एलोकार्ड खाएकाथिए।

विजेतातथाउपविजेताटीमलाई प्रमुखअतिथिप्रहरी नायवमहानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारी, जिल्लाप्रहरी कार्यालय कास्कीकाप्रमुखएसपीवसन्तकुमार लामा, नेपालविद्युतप्राधिकरण क्षेत्रीयकार्यालय पोखराकाप्रमुखमनोज सिंह, कास्कीजिल्ला फुटबल सङ्घका सल्लाहकार खेमबहादुर गुरुङ, सूर्य भुजेल, मदन केसी, विनोद लामिछाने, सुनिल गुरुङ, स्व. बलराम केसीका सुपुत्रविवेक केसी, प्रतियोगिता संयोजकमिलन गुरुङ, अध्यक्षगोपीबहादुर भट्टराई, उपाध्यक्षकुमार गुरुङलगायतले पुरस्कार वितरण गरेकाथिए।

कास्कीजिल्ला फुटबल सङ्घका अध्यक्षगोपीबहादुर भट्टराईको अध्यक्षतामाभएको समापनकार्यक्रममाप्रमुखअतिथि डीआईजीबमबहादुर भण्डारी र प्रतियोगिता संयोजकएवं उपाध्यक्षमिलन गुरुङले मन्तव्यव्यक्त गरेकाथिएभने महासचिव राजनपौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।माघ ५ गतेदेखि सञ्चालित सो प्रतियोगितामा १८ टीमको सहभागिता रहेको थियो।

कमेन्टहरु
Loading...