यून कार्बन आर्थिक रणनीति व्यवहारिक बन्नुपर्नेमा जोड

पोखरा, १७ असार/नेपालमा न्यून कार्बन आर्थिक रणनीति निर्माणका लागि पोखरामा आईतबार सरोकारवालाहरुको गोष्ठी भएको छ । गोष्ठीमा सहभागिहरुले नयाँ बन्ने रणनीति व्यवहारिक हुनुपर्नेमा जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको आयोजनामा भएको गोष्ठीको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुमनप्रसाद शर्माले नेपालमा अत्यन्तै न्यून मात्रामा कार्बन उत्सर्जन हुने भएपनि यसको असर नेपालीलाई नै सबैभन्दा बढी परेको बताउनुभयो । न्यून कार्बन आर्थिक रणनीति निर्माणका लागि स्थानीय सरोकारवालाहरुसँग नै बढीभन्दा बढी अन्तक्र्रिया गरेर व्यवहारिक रणनीति निर्माण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै ईन्जिनियरिंग अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर बालकृष्ण सापकोटाले नेपालमा हरितगृह सम्बन्धि तथ्यांकको कमिका कारण अनुसन्धानमा समस्या रहेको बताउनुभयो । वन क्षेत्रका अत्यन्तै पुराना तथ्यांकका कारण योजना निर्माणमा समस्या हुने गरेको र अनुसन्धान फलदायी नहुने गरेको उहाँले बताउनुभयो ।

जलवायू परिवर्तनले कृषि उत्पानमा कमि आउने भएकाले उत्पादन बढाउनका लागि नयाँ कृषि नीति बनाएर लागू गर्नेपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक राजु लौडारीले पोखरामा भएको गोष्ठी अत्यन्तै फलदायी भएको बताउनुभयो । नेपालको कार्बन उत्पादनमा ० दशमलव शून्य २७ प्रतिशत मात्रै हिस्सा रहेपनि अमेरिका, भारत, चीन लगायतका ठूला औद्योगिक देशहरुका कारण नेपालमा जलवायू परिर्वतनको ठूलो असर देखिएको उहाँले बताउनुभयो । गोष्ठीमा कास्कीसहित, स्यांग्जा, बाग्लुंग, रुपन्देही, तनहुँ लगायतका जिल्लाका कृषि, पशु, ऊर्जा, वन तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको सहभागिता थियो ।

कमेन्टहरु
Loading...