चार गोल्ड मेडल सहित क्योकुशिन बुदोकाई करातेको बचस्व

पोखरा, २२ पुस/प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप अन्र्तगत तेस्रो क्षेत्रीय फुल कन्ट्याक्ट करा“ते प्रतियोगीता पोखरामा सोमबार पोखरा रङगशालामा भएको छ ।नेपाल फुल कन्ट्याक्ट करा“ते महासंघ र कास्की जिल्लाको आयोजनामा भएको प्रतियोगीतामा विभिन्न जिल्लाका खेलाडिहरुले आ–आफ्नो तौल समूहमा प्रतियोगीतामा प्रतिस्पर्धा गरेका थिए ।

karata pokhara (1)प्रतिस्पर्धामा पुरुष ५० किलो तौल समूहमा नवलपरासीका पूर्ण थापामगर प्रथम, कास्कीका नबीन शेर्पा द्धितिय र पर्वतका अमृत न्यौपाने र स्याङजाका गणेश अधिकारी तृतीय भए । त्यस्तै ६० किलो तौल समूहमा पुरुषतर्फ कास्कीका गणेश अधिकारी, कास्कीकै जीवन गुरुङ द्धितिय, तृतीयमा जिवनाथ लामिछाने र रुपक नेपाली तृतीय भए । यसैगरी पुरुष खुल्ला तौल समूहमा बाग्लुङका नारायण आचार्य प्रथम, पाल्पाका दुर्गाराज पाण्डे द्धितीय र कास्कीका विष्णु नेपाली र तनहु“का कुमार विक तृतीय भए ।

प्रतियोगीतामा महिला ५० किलो तौल स्याङजाकी समूहमा सुष्मा थापामगर प्रथम, कास्कीकी सजिना तामाङ द्धितिय र कास्कीकै दिपा बर्देवा र सलिना गुरुङ तृतीय भए भने खुल्ला तौल समूहमा म्याग्दीकी विन्दु पुन मगर प्रथम, स्याङजाकी सुष्मा श्रेष्ठ द्धितिय, लम्जुङकी मिनरुवी राना र कास्कीकी सुनिता गुरुङ तृतीय हुन सफल भए । प्रतियोगीतामा क्योकुशिन बुदोकाई करा“ते, क्योकुशिन यूनियन, स्ट्रोङगेश क्योकुशिन करा“ते, सिन क्योकुशिन करा“ते गरी चार खेलको सहभागि भएकोमा क्योकुशिन बुदोकाई प्रथम, सिन क्योकुशिन दोस्रो भएका थिए ।

नेपाल फुल कन्ट्याक्ट करा“ते महासंघ केन्द्रीय सचिव राजेन्द्र सुवेदीको सभापतित्व र क्षेत्रीय प्रशिक्षण विभाग केन्द्र, पश्चिमाञ्चल शाखाका निर्देशक विद्या मर्सानीको प्रमुख आतिथ्यतामा प्रतियोगीता भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, शान्तिका लागि खेलकुद’ भन्ने नाराका साथ भएको प्रतियोगीतामा शिववहादुर गुरुङ मुख्य जुरी, सहायक जुरी दीपकवहादुर गोदार, मुख्य निर्णायकमा निर्मल पहारी, रत्नबहादुर आलेमगर र सहायक निर्णायकमा गणेशवहादुर लामा, पूजा कार्की, अशोक लामा रुम्बा र सुवाश खड्का रहेका थिए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि लगाएत राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य राजेश गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत प्रजापति दाहाल लगाएतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । फाईनलमा भिडेका प्रथम र द्धितिय भएका खेलाडीहरुले माघ १२ देखि १४ सम्म चितवनमा हुने राष्ट्रिय च्याम्पियनसीपमा सहभागी हुन पाउनेछन् ।karata pokhara (2)

कमेन्टहरु
Loading...