क्रान्तिकारी पत्रकार संघ कास्कीको अध्यक्षमा पौडेल

पोखरा, १५ भदौ/ क्रान्तिकारी पत्रकार संघ, नेपाल कास्की शाखाको अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित भएका छन् । संघको शुक्रबार पोखरा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । पौडेल नेपाल टेलिभिजन पोखरा संवाददाता, पोखरा हटलाइन दैनिक तथा रेडियो अन्नपूर्णमा कार्यरत रहेका छन् । उपाध्यक्षमा रतन तमु (पोखरापत्र), सचिवमा बिभू भुषाल (अन्नपूर्ण पोष्ट) सह–सचिवमा मिना थापा (रेडियो अन्नपूर्ण) तथा कोषाध्यक्षमा सञ्जय मल्ल (गोर्खाली एफ.एम.) निर्वाचित भएका हुन ।
संघको सदस्यहरुमा कृष्ण तमु (तमु ह्यूल डट कम), महेशकुमार खाती (आदर्श नेपाल दैनिक), गिता रानामगर (बिग एफ.एम तथा गोल्डेन आई टी.भि.), गोकुल बाँनिया (बाराही एफ.एम.), उमेश पौडेल (गोर्खाली एफ.एम.), भुपाल गुरुङ (फोटो पत्रकार) र सुरज श्रेष्ठ (पोखरासिटी डट कम) निर्वाचित भएका छन् । समितिमा दुई सदस्य पछि थपिने छ ।

अधिवेशनले १२ जना पार्षद चयन गरेको छ । रामप्रसाद तिम्लिसिना, राम गुरुङ्ग, मदन भण्डारी, मनोहरी तिमिल्सिना, रमेश नेपाली, नवराज बराल, विश्वप्रकाश लामिछाने, कृष्ण दुवाडि, पदम रेग्मी, नारायण भट्टराई, कृष्ण अञ्जान र रबीभुषण पराजुली पार्षदमा चयन भएका हुन । नयाँ कार्यसमितिको पहिलो बैठक भदौ १८ गते बस्ने सचिव बिभू भुषालले जानकारी दिए ।

अधिवेशनले हरेक बर्ष क्रियाशिल एक पत्रकारलाई पुरस्कृत गर्ने गरी क्रान्तिकारी पत्रकार पुरस्कारको घोषणा गरेको छ । जनपक्षिय पत्रकारिता गर्ने क्रियाशिल पत्रकारलाई हरेक बर्ष नगद ११ हजार एक सय ११ रुपैया नगद राशिको पुरस्कार प्रदान गरीने भएको हो ।

अधिवेशनपछि बोल्दै नव निर्वाचि अध्यक्ष त्रिभुवन पौडेलले जनपक्षिय पत्रकारितालई जोड दिइने बताउदै क्रान्तिकारी पत्रकारहरु उत्पादन तथा उनीहरुको क्षमता तथा सिप विकास गर्नमा आफु लागि पर्ने प्रतिबद्धता जाहेर गरे । नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिदै क्रान्तिकारी पत्रकार संघ, नेपाल केन्द्रिय आयोजक समितिका संयोजक गोविन्द आचार्यले क्रान्तिकारी पत्रकारहरुको काँधमा चुनौतिहरु भएपनि महान सम्भावना पनि रहेकाले निडर भएर जनपक्षिय पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एकीकृत नेकपा (माओवादी) महाधिवेशन आयोजक समितिका सदस्य तथा कास्की इन्चार्ज झलकपाणी तिवारी, क्रान्तिकारी पत्रकार संघ, नेपाल पश्चिमाञ्चल क्षेत्रिय संयोजक खिलाबहादुर भण्डारी, एकीकृत नेकपा (माओवादी)का राज्य सदस्य दिपक कोइराला (रुपक), अग्रज पत्रकार कुशुमकेशव पराजुली र क्रान्तिकारी पत्रकार संघ, नेपाल केन्द्रिय आयोजक समितिका सदस्य तथा निवर्तमान कास्की संयोजक रुद्र भट्ट लगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...