केदारेश्वर मन्दिरद्वारा एकैथलोमा सय बढी सम्मान

पोखरा, १६ भदौ / केदारेश्वर महादेवमणि मन्दिर संरक्षण समितिले शनिबार एकैथलोमा संघसंस्था र ब्यक्ति विशेषगरी झण्डै सयजनालाई सम्मान गरेको छ । गत साउन महिनामा आयोजित बोलबम शिवतीर्थ यात्रालाई भब्यताका साथ सम्पन्न गराउन सहयोग पु¥याउनेहरुलाई मन्दिरमा आयोजित विशेष समारोहमा सम्मानपत्र, टीका र खादा लगाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा विभिन्न उपसमितिका संयोजक, सदस्य, आमा समूह, भजन मण्डली, क्लब, स्काउट, सञ्चारमाध्यम, पत्रकार, कलाकार, सुरक्षाकर्मी लगायत विभिन्न सामाजिक संघसंस्था छन् । समारोहमा पुनरावेदन अदालतका पोखराका नि. मुख्यन्यायाधीश माधवप्रसाद चालिसे, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराई, समाजसेवी लीलाभक्त आचार्य, सशस्त्र प्रहरी बल कालिका गणका गणपति शम्भु उप्रेती, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सूर्यनाथ अधिकारी, बोलबम संयोजक शंकर खराल, मन्दिरका पुजारी इन्द्र पौडेल, सचिव खेमराज पहारी, उपाध्यक्ष दयानन्द पोखरेल, वरिष्ठ लोकदोहोरीगायक प्रजापति पराजुली लगायतले सम्मापत्र, खादा र अविर लगाई सम्मान गर्नुभएको हो ।

लाखौ भक्तजनको सहभागिता रहेको १० औ संस्करणको बोलबम कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गरी मन्दिरको प्रचार–प्रसार एवं पोखरामा धार्मिक पर्यटन प्रबद्र्धनमा सघाउ पु¥याउने सम्पूर्णलाई एकैथलोमा यसरी सम्मानको अवसर जुटाएको मन्दिरका अध्यक्ष सूर्यनाथ अधिकारीले बताउनुभयो । सो अवसरमा सहभागीहरुलाई प्रसाद वितरणको पनि ब्यवस्था मिलाइएको थियो ।

बोलबम संयोजक शंखर खरालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सहसचिव शंकर तिवारीले गर्नुभएको कोषाध्यक्ष मीना भट्टराईले बताउनुभयो । सो अवसरमा सहभागीहरुले भजनकीर्तन गरी रमाइलो गरेका थिए ।

कमेन्टहरु
Loading...