जुवा अखडामा प्रहरी पुगेपछि हामफालेर भाग्दा दुईको मृत्यु

काठमाडौं, २० असोज / काठमाडौ बौद्धस्थित मुलपानीमा प्रहरीले जुवाको खालमा छापा मार्ने क्रममा भाग्दा दुई जुवाडेको मृत्यु

भएको छ ।  प्रहरी आएको थाहापाए पछि भाग्दा सरोज घले र सानुलाल तामाङ रहको प्रहरीले जानकारी दिएको छ ।

गएराति परिसरबाट सादा पोशाकमा खटिएको टोली जुवा खेल भइरहेको घरमा पुग्ने पछि भागाभाग भएको थियो ।

त्यसक्रममा दुई जनाले घरको ३ तलामाथि झ्यालबाट हाम फाल्दा उनीहरु गम्भीर घाइते भएका थिए । लगत्तै, प्रहरीले

उनीहरुलाई विएण्डबी हस्पिटल लगेको भए पनि दुवै जनालाई मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले त्यहाँबाट २३ जनालाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीको

भनाई छ । जुवा खेलाउने मुख्य नाइके हेमा गुरुङ भने फरार भएकी छन् । प्रहरीले एउटा कार र १० वटा मोटरसाइकल पनि

नियन्त्रण लिएको थियो ।

कमेन्टहरु
Loading...