जोमसोम सडक अवरुद्ध

बाबियाचौर (म्याग्दी), ३ असार/निरन्तरको वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत म्याग्दीको हिस्तान र घार गाविसको सिमानामा पर्ने भिरकाटेमा कालीगण्डकीमा पानीको सतह बढेपछि आइतबारदेखि सवारी सञ्चालन बन्द भएको हो ।म्याग्दीको बेनदेखि जोमसोमका लागि छुटेका सवारीसाधन भिरकाटे र जोमसोमदेखि बेनीका लागि छुटेका सवारीसाधन पोखरेबगरमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा मुस्ताङका सबै र उत्तरी म्याग्दीको दस गाविससहित मुस्ताङ जानेआउने पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रु समस्यामा परेका छन् ।

गत वर्षको असारमा बाढीले भत्काएको सडक मर्मत नहुँदा पानीको सतह बढेर अस्थायी वैकल्पिक बाटोबाट पनि नदी बग्न थालेको म्याग्दी जिप तथा बस व्यवसायी समितिका उपाध्यक्ष मोहन केसीले बताए ।

 

कमेन्टहरु
Loading...