जापान र हङकङ जान रोकिएका नेपाली जान दिने निर्णय

काठमाडौं, २ जेठ/ सरकारले लकडाउनका कारण नेपालमा रोकिएका जापान र हङकङ जान दिने भएको छ ।

उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइटबाट जान दिने निर्णय गरेको हो ।

जापानमा अध्ययन गरेका तर अहिले नेपाल आएर बसेका ६ सय र हङकङ आइडी भएका तर लकडाउनमा परेकाहरुलाई चार्टर विमानबाट जान दिने निर्णय गरेको हो ।

कमेन्टहरु
Loading...