जनयुद्ध सम्झदै माओवादी नेताहरु थवाङमा

१  फागुन, काठमाण्डौ । जनयुद्ध दिवस मनाउन नेकपा-माओवादीका नेताहरु माओवादी उद्गमस्थलका रुपमा चिनिएको रोल्पाको चर्चित थवाङ गाउँ पुगेका छन् । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीबाट फुटेर नेकपा-माओवादी बनाएका शीर्ष नेताहरु थवाङबासीसँगै दिवस मनाउन त्यहाँ पुगेका छन् ।

माओवादी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल, सचिव नेत्रबिक्रम चन्द लगायतका शीर्ष नेताहरु सोमबार साँझ थवाङ पुगेका छन् । आज थवाङ गाउँ कमिटिले आयोजना बिशेष कार्यक्रममा उनीहरुले सम्बोधन गर्ने बताइएको छ ।

माओवादीको उदगम थलोका रुपमा चिनिएको थवाङ गाउँ माओवादी गढ मानिन्थ्यो । युद्ध कालमा सोही गाउँका करिव ८ सय जनाले ज्यान गुमाएका थिए भने अन्य सयौं घाइते भएका छन् । तर, क्रान्तिलाई बिचमै छाडेर प्रचण्डले धोका दिएको ठान्ने थवाङवासीले यतिखेर बैद्य नेतृत्वको पार्टीलाई समर्थन गरिरहेका छन् ।

दश बर्षसम्म चलेको युद्धले केही दिएन, प्रचण्ड बाबुराम लगायतका नेताहरुले क्रान्तिलाई बिचमै रोकेर धोका दिए भन्ने बताइरहेका वैद्य पक्षीय नेताहरुले अहिले थवाङमा पकड बनाइरहेका छन् । संबिधानसभा चुनावमा एमाओवादी अध्यक्ष प्रचण्डले चुनाव जितेको सो क्षेत्रमा अहिले एमाओवादी पकड कमजोर हुँदै गएको बताइएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...