जंगलमा बसेर लुट्ने ४ जनालाई जंगलबाटै पक्राउ

प्युठान, २४ जेठ /जंगलमा ढुकेर लुट्ने ४ जना लुटेरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार साँझ स्वर्गद्धारी नगरपालिका खाल गाउँबाट लघुवित्त समुहको बचत रकम लिएर भिंग्री तर्फ जाँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी सुशिला केसीलाई लुटेका थिए ।

४ जना लुटेराको समुहले ब्ल्यांकेट ओढाएर केसीबाट ३ लाख १२ हजार ५ सय ६० रुपैया लुटेको प्रहरीले जानकारी दिए ।

लुटेराबाट लुटेको रकम सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...