जागरुक बाल क्लबले ततायो लेखनाथको पट्नेरी

पोखरा, २३ भाद्र/लेखनाथ नगरपालिका वडा नं १ पट्नेरीमा रहेको जागरुक बाल क्लबले तीजको अबसरमा पट्नेरी ताएको छ । तीजको अबसरमा बालबालिका प्रस्तुतीले पट्नेरी तातेको हो । अघिल्ला बर्षहरुमा तिजको खासै रौनक नुहने पट्नेरीमो बालक्लबले आयोजना गरेको बाल प्रतिभा प्रस्तुतीकरणले संगै स्थानीय रमाएका हुन् । डाँडाको नाक प्रहरी चौकीका इन्चार्ज खडक बहादुर खत्रीले उद्घाटन गरे ।

पुल्चोक आमा समुहका अध्यक्ष एवं कार्यक्रम संयोजक गंगा मल्लले बाल क्लबले आयोजना गरेको प्रतियोगीताले तिजको बेला माइती जान नपाएका दिदि बहिनिलाई माईती बिर्साउन र माईती आएका दिदि बहिनिलाई माइतीमा स्वागत गर्नको लागी आयोजना गरेको बताइन् । उनले बालबालिका भोलीका देशका कर्णधार भन्दै मल्लले अभिवाकहरुले बालबालिकाले आयोजना गरेको कार्यक्रममा साथ दिइएको बताइन् ।
कार्यक्रममा बालबालीको प्रस्तुतीले स्थानीय अभिबाकलाई पनि नचाएको थियो भने कार्यक्रममा बोल्ने बक्ताहरुले बाल क्लबले लेखनाथमै ठुलो कार्यक्रम गरेको भन्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...