आईएनजीओले कहाँ लुकाए १ खर्ब २ अर्ब

काठमाडौं, २४ साउन / सामाजिक सेवाका नाममा ठुलो रकम नेपाल भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् ।

सरकारलाई जानकारी नै नदिई उनीहरुले आर्थिक वर्ष २०७२/०७३ देखि २०७४/०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको हो ।

सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा बैंक खाता मार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

अपचलन भएको रकम चालु आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजित बजेटको करिब ७ प्रतिशत र गत आर्थिक वर्षको बजेटको ८ प्रतिशत हुन आउँछ ।

समाज कल्याण परिषद्बाट आईएनजीओले ३ वर्षमा ५८ अर्ब ५८ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरको परियोजना सञ्चालन स्वीकृति लिएको महालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...