नेपालमा भित्रियो दिल्ली प्रदुषण वायुको प्रभाव

काठमाडौं, २० कात्तिक / भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ ।

महाशाखाका अनुसार अहिले भारतीय वायुको ठूलो र भयावह प्रभाव नभएको जनाएको छ । तर पश्चिम तराईमा प्रश्यक्ष अप्रत्यक्षरुपमा धुलोका कण मिश्रित वायु आइरहेको हुन्छ ।

नेपालका तराईका भू–भागमा काठमाडौं उपत्यकता र अन्यत्रका पहाडी भेगको मौसम धुमिए पनि अहिले दिल्लीको वायुको प्रभाव नपरेको जनाएको छ ।

उद्योग, कलकारखाना र सवारीबाट निस्कने धुलो, धुँवा, घरायसी र अन्य प्रयोजनका लागि बालिने आगोका कारण यो मौसममा नेपालभित्र पनि प्रदुषण हुने गरेको छ ।

कमेन्टहरु
Loading...