आईजीपी सर्वेन्द्र खनालले भेटे रवि लामिछाने

चितवन, ७ भदौ / प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई शुक्रबार भेटेका छन् ।

बुटबल जान लागेका खनालले जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा लामिछाने सहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई भेटेर आईजीपी खनालले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको प्रहरीले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि लामिछानेसहित तीनै जना चितवनमा छन् । लामिछाने सहित तीनै जनालाई आइतबार अदालत लैजाने छन् । दोस्रो पटक थपिएको पाँच दिनको म्याद आइतबार सकिदै छ ।

कमेन्टहरु
Loading...