आयो ‘आईफोन ५’

लामो समयको प्रतिक्षापछि अमेरिकी कम्पनी एप्पलले आईफोन ४ एस भन्दा धेरै सुबिधा थपेर ‘आइफोन ५’ बजारमा ल्याएको छ । सामसुङबाट कडा चुनौती सामना गरिरहेको एप्पलले गएराती आइफोन फोएस भन्दा ठूलो स्क्रीन, पातलो साइज, दोब्बर क्षमताको प्रोसेसर, थप एप्लिकेसनसहित नयाँ आइफोन सार्वजनिक गरेको छ । सान फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा एप्पल प्रमुख कार्यकारी अधिकारी टम कुकले नयाँ मोवाइल सार्वजनिक गरेका हुन् । आईफोन ५ सेप्टेम्बर २१ देखि बजारमा आउने छ ।

कमेन्टहरु
Loading...