लोकतन्त्र दिवसमा हुर्जा कास्कीले हस्ताक्षर सञ्चालन गर्ने

पोखरा–०५,चैत्र /लोकतन्त्र दिवसको अवसरमा मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीले हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । हुर्जा कास्कीको बिहीबार बसेको बैठकले हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । “मानवअधिकार उल्लंघनमा शून्य सहनशिलता कायम गर्न सबैको ध्यान, शान्ति, प्रेस स्वतन्त्रता, संविधान र निर्वाचनको कामना सहित हुर्जा कास्कीको अभियान” भन्ने मूल नाराका साथ लोकतन्त्र दिवसका दिन अर्थात वैशाख ११ गते मानवअधिकार चोकबाट हस्ताक्षर अभियान संकलन गरीने छन् ।

संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्रिपरिषदको कार्यालयमा पठाइने कार्यक्रम रहेको हुर्जा कास्कीका महासचिव वीरेन्द्र सापकोटाले जानकारी दिए । यसैबिच हुर्जा कास्कीले अस्थायि सदस्यका लागि ३५ दिने सदस्यता आह्वानपत्र खुल्ला गर्ने निर्णय पनि गरेको छ । बैठकमा हुर्जाका अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीले मानवअधिकार पत्रकारिता पुरस्कार २०७० का लागि रु. ५ हजार ५ सहयोग गर्ने घोषणा गरेका छन् ।

कमेन्टहरु
Loading...