कक्षा १ देखी १० सम्मका विद्यार्थीका लागि अनलाइन अध्ययन सामग्री

पोखरा, २ जेठ/ सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमा अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भइरहेको बेला अनलाइन अध्ययन सामग्रीको निर्माण गरे अनलाइनमा राखेको छ ।

सिकाई चौतारी नाम दिएको सामग्रीमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएको छ । त्यस अलावा तीन तहका कथासँगै अभ्यास पुस्तिका समेत उक्त अनलाइन लर्निङ प्लेटफर्ममा राखिएको छ ।

कसरी प्रयोग गर्ने ?

http://learning.cehrd.gov.np/यहाँ क्लिक गरेर सरकारले सञ्चालनमा ल्याएको अनलाइन सिकाई चौतारीमा प्रवेश गर्न सकिन्छ । अब त्यहाँ तपाईंले कथा संग्रह सहित कक्षा १ देखि १० सम्म लेखिएको पाउनुहुनेछ ।

अब त्यसबाट तपाईंको कक्षा रोज्नुहोस् । यदि तपाईंलाई अंग्रेजीमा यो प्लेटफर्म प्रयोग गर्न चाहनुहुन्छ भने दायाँ तर्फ माथी कुनामा तल तर्फ फर्केको एरोमा क्लिक गर्नुहोस् ।

अब कक्षा छनौट गरिसकेपछि कक्षा लेखिएको पछाडिको बटनमा जानु भयो भने त्यहाँ तपाईंले उपलब्ध विषय फेला पार्न सक्नुहुन्छ । जसबाट आफूले अध्ययन गर्न चाहेको विषयसँग सम्बन्धित अध्ययन तथा सिकाई सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।

कक्षा र विषयको मूनि रहेको आकासे रंगको लाइनमा तपाईंले छनौट गरेको विषयका पाठहरु क्रमशः देखिनेछ । त्यसको दायाँ छेउमा हेर्नु भयो भने त्यहाँ सम्बन्धित विषयको पुस्तक समेत फेला पार्न सक्नुहुन्छ ।

कमेन्टहरु
Loading...