पर्यटन विकासको लागि अन्तराष्ट्रिय विमानस्थल चाहियो

गोकुल बानियाँ
पोखरा २२ पुष । पोखराको पर्यटन बिकासको लागि क्षेत्रिय अन्तरष्ट्रिय बिमानस्थल निर्माण तत्काल थाल्न पर्यटन ब्यबशायीले आग्रह गरेका छन् । पोखराको बिकास भनेकै अन्तराष्ट्रिय बिमानस्थल भन्दै उनिहरुले बहानाबाजी छोडेर निर्माणकार्यमा लाग्न सरकारलाई आग्रह गरेका हुन् ।

hotelपश्चिमाञ्चल होटल संघको चौथो बार्षिक साधारणसभाको अबसरमा बोल्ने पर्यटन ब्यबशायीहरुले बिमानस्थल निर्माणकार्य अघि नबढाए दवाबको लागि जस्तोसुकै आन्दोलन पनि गर्ने चेतावनी दिएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्य बहादुर भूजेलले काठमाण्डौ ठप्प पारेर भएपनि पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि बाध्य पारिने दाबि गरेका छन् । बिमानस्थल निर्माणपछि मात्रै पोखराको पर्यटन बिकासले फड्को मार्ने उनको बिश्वास छ । पर्यटन उद्योगलाई अन्य उद्योग सरह मान्यता दिई सोहि अनुसारको सेवा सुबिधा दिनुपर्नेमा भूजेलले जोड दिए । पोखरालाई बिशेष पर्यटकिय क्षेत्र घोषणा गरि यस क्षेत्रमा रहेका साईडसिन स्थललाई ब्यबस्थित बनाउनुपर्ने उनले बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले पोखराको पर्यटन बिकासमा सरकारले लगानी नगरेको भन्दै आक्रोस पोखेका छन् । पर्यटकिय क्षेत्रको ब्यबस्थापन गर्नुपर्ने सरकारले बन्न लागेको बिमानस्थलको काम समेत अघि नबढाएको उनको आरोप छ । अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि निर्णायक आन्दोलनको तयारीमा ब्यबशायीहरु रहेको सापकोटाले बताए । पोखरामा पर्यटकको संख्या बढाएर मात्र नहुने भन्दै उनले गुणस्तरियतामा ध्यान दिदै दिगो पर्यटनको लागि सोच्नुपर्ने बेला आएको उल्लखे गरेका छन् । यस क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि पहिलोपटक पोखरामा पश्चिमाञ्चल पर्यटन मेलाको तयारीमा जुटेको समेत उनले जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले दवाबमा मात्रै सरकारी निकायबाट काम हुने भएकाले बिमानस्थल निर्माणको लागि पनि दवाब दिन ब्यबशायीलाई आग्रह गरे । सरकारले कुनैपनि क्षेत्रमा लगानी गर्ने भन्दा पनि निजि क्षेत्रको लागि लगानीमैत्री बाताबरण बनाईदिने उनले स्पष्ट पारे । मर्यादिन ब्यबशाय गरे मध्यरात १२ बजेसम्म पनि लेकसाईडलाई खुल्ला राख्न सकिने कोईरालाले बताए ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखराको गहना फेवाताल संरक्षणको लागि नगरपालिकाले बिशेष पहल थालेको जानकारी दिए । नगरपालिका र एनसेल संगको सहमति अनुसार आगामी बर्षदेखि फेवातालमा जलकुम्भीको कुरुपता देख्न नपर्ने उनको आश्वासन थियो । पोखरा उपत्यकामा रहेका सहासिक स्थलहरुको ब्यबस्थापनको लागि नगरपालिकाले ब्यबशायीसंग नया ढ्रंगबाट छलफल गर्ने उनले बताए । संघका सल्लाहकार एबं संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले चालु पोखरा बिमानस्थलबाट सार्क राष्ट्रहरुमा सिधा हवाई सेवा बिस्तार गर्न सकेमात्रै पनि पोखरामा पर्यटकको संख्या बढाउन सकिने बताए ।

यसैबिच पश्चिमाञ्चल होटल संघले पोखरा प्रबद्र्धनको लागि यसअघि देशका बिभिन्न स्थानको साथै छिमेकी देशहरु सञ्चालन गर्दै आएको प्रचारात्मक कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिने भएको छ । आन्तरिक पर्यटकको लागि सञ्चालित जाउ है पोखरा र भारतिय पर्यटकको लागि लक्षित चलिए पोखराले आर्थिक बर्ष २०७०÷७१ मा पनि निरन्तरता पाउने संघका महासचिब लक्ष्मण सुबेदीले जानकारी दिए । साथै संघले पोखराको वडानम्बर ६, ७ र १७ लाई बिशेष पर्यटकिय क्षेत्र बनाउन पहल गर्ने , बिमानस्थल निर्माणमा थप दवाब दिने, पोखराको सरसफाईमा नगरपालिकासंग सहकार्य गर्ने लगायतका प्रस्ताब पारित गरेको अध्यक्ष हरि शर्मा गैह्रेले जानकारी दिए ।

कमेन्टहरु
Loading...