हङकङ व्युटि ट्यालेन्ट कन्टेष्टमा २० प्रतिष्पर्धी

पोखरा १०, जेठ/पोखरामा हुने पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्ट मा २० जना प्रतियोगि सहभागि हुने भएका छन । हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको आयोजनामा यही जेठ ३१ गते कन्टेस्ट हुँदैछ । प्रतियोगितामा १५ देखि ३० बर्ष उमेर समुहका युवतीहरु ईन्स्टिच्युटका संचालक मीना गुरुङले बताईन । महिलाहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यले यस बर्षदेखि ईन्स्टिच्युटमा आबद्ध नभएका अन्य व्यक्तिहरुले समेत सहभागिता जनाउन पाउन संचालक गुरुङले बताउनुभयो ।

101_5863प्रतियोगिहरुले आज पोखरामा फोटोसेसन समेत गराएका थिए । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगद पुरस्कार विभिन्न उपहार पाउने छन । यस प्रतियोगिताका कोरियोग्राफी रविन्द्र बज्राचार्य छन भने फोटोग्राफिमा उमेश पुन रहेका छन ।

कमेन्टहरु
Loading...