सरकारद्वारा सार्वजनिक बिदा घोषणा (कुन दिन पाइने बिदा)

काठमाडौं, २ चैत /सरकारले आगामी वर्ष २०७६ मा हुने सार्वजनिक बिदालाई राजपत्रमार्फत प्रकाशित गरेको छ ।

शनिबार बाहेक १५ राष्ट्रिय रुपमा विदा छ भने अन्य बिदा धर्म संस्कृती, भौगोल अनुसार रहेको छ ।
सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषअनुसार पनि बिदा दिएको छ ।

सरकारले शनिबारबाहेक नयाँ वर्ष १ वैशाख, महाशिवरात्री, फागु पूर्णिमामा, ३ असोजमा संविधान दिवस मनाउन देशभर बिदा दिइएको छ । त्यसै गरि असोजको १८ देखी २२ गते सम्म दसैं बिदा दिने भएको छ ।

१० देखी १२ गते कात्तिकसम्म तिहार विदा दिएको छ । त्यसै गरि तीज र जीतियाँ पर्वमा महिला कर्मचारीले बिदा पाउनेछन् । इद, ल्होसार, माघे संक्रान्ति लगायत पर्वमा पनि बिदा दिने भएको छ ।

सार्वजनिक बिदा
सार्वजनिक बिदा
कमेन्टहरु
Loading...