महायज्ञको पूर्वसन्ध्यामा एचआइभी एड्स तथा लागूपदार्थबारे सचेतना

पोखरा, ७ माघ/तनहुँको जामुने गाविस वडा नं ७ धँहेरेमा एचआइभी एड्स सम्बन्धी जनचेतनामुलक वृत्तचीत्र लक्ष्मी र मुक्ती प्रदर्शन गरिएको छ । श्जनगणपति माविमा दश जोड दुइ कक्षा सञ्चालन गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले आयोजित विराट ज्ञान महायज्ञको पूर्वसन्ध्यामा सो वृत्तचीत्र प्रर्दशन गरिएको हो । एड्स रोग नियन्त्रण संघ, कास्कीले निर्माण गरेको सो वृत्तचीत्र समाज सुधार युवा केन्द्र, जामुने–७ को सक्रियतामा प्रर्दशन गरिएको हो । एचआइभी एड्स तथा लागूपदार्थ सम्बन्धी सचेतना दिलाउने उदेश्यले आयोजित कार्यक्रममा स्थानीयवासी, आमा समुह, युवायुवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचनले आफ्ना छोराछोरीप्रति अभिभावकहरु सजग हुनुपर्नेमा जोड दिदै विराट ज्ञान महायज्ञको सफलताको कामना गर्नुभयो । संघका सचिव राजन उपाध्यायले संघले दातृनिकायको सहयोग विना सचेतनामुलक कार्यक्रम देशका विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको जानकारी दिदै वृत्तचीत्र मार्फत एचआइभी र लागुपदार्थबारे सचेतना फैलाउन प्रभावकारी बन्दै गएको दाबी गर्नुभयो ।

जनगणपति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम अधिकारी, समाज सुधार युवा केन्द्रका अध्यक्ष सुरेन्द्र अधिकारी, पूर्व अध्यक्ष रामभक्त घिमिरे, जागरण महिला आमा समुहकी अध्यक्ष शुभद्रा घिमिरे, सचिव रत्ना देवि घिमिरे लगायतले एचआइभी एड्स तथा लागूपदार्थबारे सबैले बुझ्नुपर्ने उल्लेख गर्दै यसप्रकारका कार्यक्रमहरु गाउँगाउँमा पु¥याउन सके युवायुवतीहरु सचेत हुने बताएका थिए । मंगलवारबाट शुरु भएको महायज्ञ आगामी माघ १४ गते सम्म सञ्चालन हुनेछ ।

कमेन्टहरु
Loading...