नारायण आर्चाय
मनाङ, २४ माघ / गत मंसिर २७ गते देखी परेको हिमपात र हिमपहिरोका कारण अवरुद्ध बेसीशहर मनाङ सडक खण्ड अझै सम्म पनिपुर्ण रुपमा संचालनमा आउन सकेको छैन ।
सडक सञ्चालनमा नआउदा मनाङ, तिलिचो ताल र थोराङला पास गर्ने जाने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । केही दिन अघि बेसीसहर चामे बाटो सञ्चालनमा आए पनि त्यस भन्दा माथि जाने बाटो पूर्ण रुपमा अवरुद्ध छ ।
सडकमा जमेको अत्याधि हिउ तथा कैयौ ठाउँमा आएको हिउ पहिरोका कारण बाटो अवरुद्ध बनेको हो । पैदल यात्री भने अवरुद्ध बाटोका बाबजुत पनि असुरक्षित यात्रा गर्न बाध्य छन् । हिउ पहिरोले विग्रिएको सडकमा जोखिम पुर्ण यात्रा गर्ने गरेका छन् ।
बाटोको बिहीबार प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निरिक्षण गरेको छ । मनाङका प्रमख जिल्ला अधिकारी पुष्पराज पौडेलले अझै केही समय बाटो सुचारु गर्न सक्ने सम्भावना नरहेको बताए ।
उनले भने ठाउँ ठाउँमा हिउ पहिरोले बाटो भत्काएको छ भने बाटोमा बाक्लो मात्रामा हिउ जमेको बताए ।