शुष्मिताको उपचारको लागि थप ८० हजार संकलन

पोखरा, २२ फागुन । मेरुदण्डको रोग लागेर पढाई छाडी दुसाध्य पीडा भोग्न वाध्य शुष्मिता गुरुङको उपचारको लागि मंगलबार थप ८० हजार रुपैयाँ संकलन भएको छ । कास्कीको सातमुहाने देउराली–३ की १८ वर्षिया गुरुङलाई मेरुदण्ड बढ्ने रोग काईको स्कोलियोसिस् रोग लागेको चिकित्सकले बताएका छन् । शुष्मिताको आर्थिक अवस्था कमजोर भएकोले उनको उपचारको लागि गठित शुष्मिता गुरुङ उपचार सहयोग समितिले अहिलेसम्म ३ लाख ११ हजार ६ सय १२ रुपैयाँ संकलन गरेको छ ।

समितिलाई मंगलबार नाट्को फुड्स बेलायतबाट ६४ हजार ३ सय ९५ रुपैयाँ र सञ्जिवनी सोसाईटी नेपाल चिप्लेढुंगाले रु १५ हजार र सत्यनारायण श्रेष्ठले छ सय पाँच रुपैया हस्तान्तरण गरेका छन् । शुष्मितालाई उपचारको लागि काठमाडौ लैजाने तयारी भईरहेको सहयोग समितिका संयोजक बसन्त भट्टचनले जानकारी दिए । उनको स्वास्थ्य परिक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमो निःशुल्क गरेको थियो ।

कमेन्टहरु
Loading...