श्रीमतीको हत्या पछि आत्म हत्या

पोखरा, २२ माघ/कास्कीको चापाकोट ७ नयाँ बजारका एक व्यक्तिले श्रीमतीको हत्या पछि आफुले पनि आत्म हत्या गरेका छन् । नयाँ बजारका भविलाल विकले हिजो श्रीमतीको हत्या पछि आफुले गल्बन्धीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

श्रीमतीलाई टाउँकोमा घनले हानी हत्या गरे पछि आफुले पनि गल्बन्धीको पासो लगाएर आत्महत्या गरेको प्रहरीेले जानकरी दिएको छ । बेमेलका कारण श्रीमान् श्रीमती छुट्टाछुटै बस्दै आएका थिए । हत्याको योजना सहित श्रीमानले घरमा कोहि नभएको बेलामा श्रीमतीलाई पैसा प्रलोभनमा परि कोठा सफा गराउन आफ्नो कोठामा पु¥याएका थिए ।

एक्लै भएको मौकामा श्रीमतीलाई घनले हानी हत्या गरेको प्रहरी जनाएको छ । हत्याको खबर पछि वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीले घटनाको बारेमा अनुसन्धान गरेको थियो । उनिहरु दुबैको सव पोष्टमाटमका लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीएको छ ।

कमेन्टहरु
Loading...