श्रीमती शव गृहमा, श्रीमान प्रहरी हिरासतमा, ज्वाइले छोरीको हत्या गरेका माइतीको आरोप

कास्की, १९ मंसीर/संगै सुतेका श्रीमान श्रीमती मध्ये श्रीमती अस्पतालको शव गृहमा मृत अवस्थामा छिन् भने श्रीमान प्रहरीको कालकोठरीमा । एक बर्ष अघि संगै मर्ने संगै बाँच्ने कसम खाँदै बैबाहिक सम्बन्धमा बाँधिएको एक जोडी अहिले छिन्न भिन्न भएको छ । प्रहरीको नियन्त्रणमा रहेका श्रीमानले आफ्नी प्राण प्यारी श्रीमती विहान विहान उठ्दा बेहोस अवस्थामा भेटेको दावी गर्छन भने मृतकका माइतीले श्रीमान सहित घरका परिवार मिलेर हत्या गरेको दावी गर्छन ।
घटना हो तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नम्बर १० गणेशमान चोकको । २१ बर्षिया अञ्जना ढकाल मृत अवस्थामा छन भने उनका श्रीमान जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा । अन्जनालाई श्रीमानसहित परिवार मिलेर हत्या गरेको आरोप लगाउँदै माइती पक्षले प्रहरी उजुरी दिएका हुन् ।

मृतकका बाबु रामबहादुर रानाभाटले आफ्ना ज्वाइ २३ बर्षिय दिवस ढकाल, अञ्जनाका ससुरा पुर्णचन्द्र ढकाल, सासु र दिवसकी भान्जी दिदी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका ती मध्ये दिवस र उनकी आमालाई प्रहरीले पक्राउ गरेको छ । देशमा १६ दिने महिला हिम्सा विरुद्धको अभियान चलिरहदा तनहुँमा यो घटना भएको छ ।

तनहुँको जामुने ३ निर्मलबस्तीकी अञ्जना र दिवसको प्रेमपछि घरपरिवारको सहमतिमा एक बर्ष अघि विवाह भएको थियो । त्यही जोडी आफ्नै घरमा संगै आइतबार संगै सुते पनि श्रीमती अन्जना सोमबार विहान बेहोस अवस्थामा भेटिएकी थिइन । मृतकको शवको अवस्था र श्रीमान लगायत केटा पक्षको ब्यबहारका कारण माइतीले हत्या गरिएको आरोप लगाएका छन् ।
तनहुँ प्रहरी र प्रशासनको आडमा पोष्टमार्टम समेत नगरी लाश जलाउने षडयन्त्र गरिएको भन्दै माइती पक्षले पोष्ट मार्टमा लागि अन्जनाको शव पोखरा ल्याएको थियो । सोमबार राती ल्याइएको अञ्जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी तनहुँ जिल्ला अस्पताल लगिएको छ ।
पोष्ट मार्टमको रिपोर्ट जिल्ला प्रहरी कार्यालय तनहुँमा पुग्न एक हप्ता लाग्ने बताइएको छ । ससुरा ढकालले दाईजो नल्याएको भनेर बहिनीलाई यसअघि मानसिक यातना दिने गरेको दावी मृतककी दिदी सम्झना रानाभाटको छ । घटना विवरण अनुसार गत सोमबार बिहान करिव ५ बजेतिर मृतकका बाबु रामबहादुरलाई दिवसकी भान्जीदिदी नाता पर्नेले फोन गरेर अञ्जना विरामी भएको र अवस्था चिन्ताजनक रहेकोले भेट्न आउन भनेकी थिईन ।
रामबहादुर छोरीलाई भेट्न तनहुँको रत्नहरि अस्पताल पुग्दा डाक्टरले अञ्जनालाई मृत घोषित गरेका थिए । घरमै छोरीको हत्या गरेपछि विरामी भएको वहाना बनाएर आफुलाई बोलाएको आरोप रानाभाटको छ । ‘छोरी विरामी भएको भए घरका सदस्यले किन ? फोन गरेनन् ’ प्रश्न गर्दै रानाभाटले भने ‘ स्वयम अञ्जनाका श्रीमान नै घरमा हुदाँ अर्कोले फोन गरेर जानकारी गराउनुपर्ने कारण के प¥यो ?, घटना संकाष्पद देखिएको छ । ’
ठेकदार पेशामा आवद्ध अञ्जनाका ससुरा पूर्णचन्द्रले प्रशासनलाई हातमा लिएर घटनालाई ढाकछोप गर्न खेजेको दावी माईतीको छ । ढकालले आफुहरुलाई गुण्डा लगाएर धम्क्याउदै शवलाई पोष्ट मार्टम नै नगरी जलाउन खोजेको पनि दिदी सम्झनाले बताईन् ।

सम्झनाका अनुसार अञ्जनाको अनुहारमा चोट लाग्नुका साथै ओठमा रगत जमे जस्तो निलठाम, कपला लछारपछार गरेजस्तो, शशीरका अन्य भागमा पनि चोट हुनका साथै लगाएको लुगामा पिसाव देखिएको छ । ‘सँगै सुतेकी श्रीमती विरामी हुदाँ श्रीमानलाई थाहा हुदैन ?’ सम्झनाले प्रश्न गर्दै भनिन ‘श्रीमतीको मृत्यु हुदाँ पनि श्रीमानलाई कुनै वास्ता छैन, उसकै योजनामा वहिनीको हत्या भएको छ ।’ उनले बहिनीलाई बिरामी भएको भने पनि अस्पताल लैजादा कसैलाई थाहा नै नदिई तन्नाले बेरेर लगेको पनि आरोप लगाईन् ।
अञ्जनाका घर परिवारले भने आईतबार राती सामान्य अवस्थामा सुतेकी अञ्जना घडीले घण्टी बजाउदाँ पनि बिहान नउठेपछि उनी अचेत भएको थाहा पाएको बताएका छन् । श्रीमान दिवसले बोलाउदाँ नबोलेपछि उनले घरका सदस्यलाई खबर गरेपछि उपचारको लागि अस्पताल लगेको उनीहरुको दावी छ ।
काठमाडौमा स्नाकोत्तर तह पढ्दै गरेको अञ्जनाका श्रीमान केही दिन अघि घरमा आएका थिए । अन्जनाले दमौलीको एक बोर्डिङमा पढाउदै आएकी थिइन भने उनले पनि स्नातक उर्तीण गरिसकेकी छन् । क्याम्पसमा अध्ययन गर्दा उनीहरु बीच प्रेम भएको थियो । विगत एक महिनादेखि अञ्जनाको अनुहार अलि मलिन देखिएको उनका साथीले बताएका छन् । चार दिदी वहिनी मध्ये अञ्जना साईली हुन भने उनका एक दाई छन् ।

कमेन्टहरु
Loading...