कोरीयनको एक टोली हङकङ हर्वल व्युटि ईन्ष्टिच्युटमा

पोखरा १, फागुन/नेपालमा व्यूटि कलेज आवश्यक भएको छुङछङ विश्वबिद्यालय कोरीयाका डीन कीम गीयोनाले बताउनु भएको छ । पोखरामा रहेको हङकङ हर्वल व्युटि ईन्स्टिच्युटको मंगलबार अवलोकन गर्दै डीन गीयोनले नेपालमा व्युटि सम्बन्धि तालिमहरु देशभरी धेरै ठाँउमा संचालन भएकोले यसलाई एकेडेमिक रुपमा अघि बढाउन व्युटि कजेल आवश्यक भएको बताउनु भएको हो ।

२० बर्ष अघि नेपालजस्तै अबस्थाबाट अघि बढेको कोरीया हाल व्युटि सम्बन्धि काममा एक लाख भन्दा बढी महिलाहरु आबद्ध भएको बताउदै नेपालमा व्युटि कलेज स्थापना गर्न आफनो पक्षबाट सक्दो सहयोग गर्ने समेत बताउनु भएको डीन गीयोनाले व्युटि सम्बन्धि धेरै कुराको ज्ञान आवश्यक भएकोले यसमा व्युटिसियनहरु बढी सजग हुन आग्रह समेत गर्नु भएको छ । अवलोकन भ्रमणमा सहभागि छुङछङ विश्वबिद्यालयका अध्यक्ष ओ क्युङनाले नेपालमा व्युटि कलेजको स्थापना गर्न आफ्नो अवधारण अघि सारेको हङकङ ईन्स्टिच्युटका संचालक मिना गुरुङलाई धन्यवाद दिदै यसमा सरकारले पुरा सहयोग गर्नू पर्ने उहाँको भनाई थियो ।

आफ्नो कलेजबाट आङगीक कलेजको रुपमा नेपालमा व्युटि कलेज स्थापना गर्न आफुहरु तयार भए पनि यसमा नेपाल सरकार र निजि कम्पनिहरु तयार भएको अबस्थामा आफुहरुले व्युटि कलेज विस्तार गर्न तयार भएको बताउनु भयो । ईन्स्टिच्युटमा सहभागि प्रशिक्षार्थीहरुलाई व्युटि कलेजको बारेमा जानकारी दिदै राष्ट्रिय शिप परिक्षण समितिका निर्देशक एवम व्याचलर इन फेसन डिजाईन पुर्वाअञ्चल विश्वबिद्यालयका अध्यक्ष समेत रहनु भएका कुलप्रसाद बस्नेतले सिटिईभिटिमा २ सय ५८ विषयगत क्षेत्रका तालिममा सहभागिहरु मध्य करीब २५ प्रतिशत व्युटि सम्बन्धि महिलाहरु नै सहभागि हुने भएकोले नेपालमा व्युटि कलेजको भविश्य राम्रो भएको दाबी गरे ।

ईन्स्टिच्युटका संचालक मिना गुरुङले ईन्स्टिच्युटले कलेजको रुपमा अवधारण अगाढी सारेको बताउदै व्युटि कलेज स्थापना गर्न सके धेरै महिलाहरुलाई सशत्तीकरण गर्न सकिने दाबी गर्नु भयो ।

कमेन्टहरु
Loading...