यु–१६ ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ सरस्वती र छात्रातर्फ माउन्ट अन्नपुर्णलाई उपाधि,

पोखरा १५, भदौं /कास्की जिल्ला ह्याण्डबल संघको आयोजनमा शनिबार पोखरामा सम्पन्न भएको अन्तरविद्यालय स्तरीय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१६) ह्याण्डबल प्रतियोगिता छात्रतर्फ सरस्वती आर्दश बिद्याश्रम र छात्रातर्फ माउण्ट अन्नपुर्ण उच्च माविले जितेको छ ।पोखरा रंगशालामा भएको फाईनल खेलमा सरस्वतीले माउण्ट अन्नपुर्णलाई ६ को बिरुद्ध ८ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । छात्रातर्फको फाईनल खेलमा माउण्ट अन्नपुर्णले मनकामना बोर्डिङ स्कुललाई शुन्यको बिरुद्ध ३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा छात्रतर्फ माउण्ट अन्नपुर्णका तारा पुन र छात्रातर्फ पनि माउण्ट अन्नपुर्णकै समिक्षा पुन उत्कृष्ट खेलाडी घोषित भएका हुन । प्रतियोगितामा छात्रतर्फ ९ गोल गरेका सरस्वतीका विश्वास गुरुङ र छात्रातर्फ ८ गोल गरेकी माउण्ट अन्नपुर्णकी कृष्ण पुर्जाले सर्वाधिक गोल कर्ताको उपाधि पाए । उक्त प्रतियोगितामा छात्रतर्फ ९ र छात्रातर्फ ५ टोलीको सहभागिता रहेको खेल संयोजक क्याप्टेन जगबहादुर गुरुङले बताए ।
विजयी खेलाडीहरुलाई नेपाल विद्यालय ह्याण्डबल संघका केन्द्रिय अध्यक्ष गोपाल श्रेष्ठ, उपाध्यक्ष मीन बहादुर गुरुङ, हालै गठन भएको जिल्ला अध्यक्ष कृष्ण अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य खड्गबहादुर रानाभाट, संघ कास्कीका अध्यक्ष शेरबहादुर गुरुङ लगायतले विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन । प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक डिआईजी सुरेन्द्रबहादुर शाहले यस्तो प्रतियोगिताले खेलकुदको विकास हुने बताउदै आवश्यक सहयोगको लागि आफुहरु तयार रहेको वचन दिएका छन ।

कमेन्टहरु
Loading...