आमा छोरी एक लाख घुस सहित पक्राउ

काठमाडौं, १ माघ /अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषण पन्थीलाई १ लाख रुपैया घुस रकमसहित पक्राउ गरेको छ ।

पन्थीले सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ छोरीलाई राख्न दिएको अवस्थामा अख्तियारको टोलीले आमाछोरी दुबैलाई पक्राउ गरेको प्रवक्ता रामेश्वर दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार एउटा स्कुलको बाँकी कर तिर्न गएका सेवाग्राहीसँग पन्थीले एक लाख घुस मागेकी थिइन् । उनले घुस मागेको भन्ने सूचना पाएपछि अख्तियारले कार्यालय पुगेको थियो । उनीहरूमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।

कमेन्टहरु
Loading...