फोटोग्राफर संघ गण्डकी प्रदेशको अध्यक्षमा दुर्गा पौडेल

40

पोखरा, २७ साउन / गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका फोटोग्राफरहरु एक भए र संघ गठन गरेका छन् । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाका प्रतिनिधिहरुको शनिबार पोखरामा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा दुर्गा प्रसाद पौडेल (कास्की), उपाध्यक्ष नारायण बहादुर के.सी (पर्वत), उपाध्यक्ष बलभद्र श्रेष्ठ (तनहुँ), महासचिव तुलसी राम सुवेदी (कास्की), सचिव प्रेम प्रसाद पराजुली (स्याड्जा), कोषाध्यक्ष नबिन राज पौडेल (कास्की) रहेका छन् ।

सदस्यमा नारायण गौतम (बाग्लुङ), लोक बहादुर कुमाल (तनहुँ), बिमल खनाल (स्याङजा), रमेश श्रेष्ठ (पर्वत) र राममणि पौडेल (कास्की) छन् ।

गणेश छवी, रामभक्त श्रेष्ठ, मदन सुब्बा, ईन्द्र पौडेल, माणिक रत्न श्रेष्ठ, गगनलाल शाक्य र दीनेश अधिकारीलाई सल्लाहकार चयन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । ३ सदस्यीय बिधान मसौदा उपसमिति बिस्तार गरिएको छ । जसमा संयोजक गणेश छबी, सदस्यमा दुर्गा पौडेल र तुलसी राम सुवेदी छन् ।

कार्यक्रममा पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायण बहादुर के.सी., तनहुँ फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ, स्याङजा फोटोग्राफर संघका अध्यक्ष प्रेम प्रसाद पराजुली, पोखरा फोटो ग्राफर संघका सल्लाहकार ईन्द्र पौडेल, पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवी लगायतले फोटोग्राफरहरुका समस्या र चुनौतीहरुका ’boutमा बोलेका थिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...