पोखरामा सुनको कारोबार बढ्यो, ठुला गहना छाडि साना गहना तिर ग्राहक

सागर राज तिमिल्सिना
पोखरा, १० भाद्र/चार्ड पर्व नजिकिदै जादा पोखराका सुन पसलहरुमा ग्राहकको भिड लाग्न थालेको छ । पोखराका अधिकाश सुन पसलमा तीजका लागी गरगहना खरिदका लागी आउने ग्राहकको भिड् बढेको व्यवसायीहरु बताउ छन् । करिब एक साताबाट सुनपसलमा ग्राहक बढ्को रुपाकोट सुन चादी पसलका सन्चालक दर्शरथ सुनारले बताए । उनले अहिले २५ प्रतिशत सम्म व्यापार बढेको बताए । सुन खरिदका लागी धेरै जसो महिलाहरु नै आउने गरेको सुनारको भनाई छ ।
goldपोखरा न्युरोडकी लक्ष्मी जिसिले तीज नजिकै आइ सकेका कारण गहना खरिद गरेको बताइन् । उनले आफु सगँ पहिले नभएका गहना खरिद गरेको जिसिले बताइन् । उनले चाडपर्व र आफन्त कहाँ विषेश अवसरमा गहना लगाने गरेको बताइन् । त्यो गरि पोखरा चाउथेकी मन्जु रानाभाटले छोरीका लागी सुन खरिद गर्न आएको बताइन् । उनले चाडपर्वमा लागउनका लागी आवश्य गहना गरिद गरेको बताइन् ।
पोखरामा अफसिजनमा पनि करिब १ किलो सुन खपत हुने गरेको व्यवसायीहरु बताउ छन् । अहिले साढे १ किलो सुन खपत हुने गरेको कास्की सुनचाँदी व्यवसायी संघका सचिब निर्मल दियालीले बताए । उनले अफसिनका बेलामा १ किलो सुन खपत हुने गरेको बताउदै अहिले साढे १ किलो सुन विक्रि हुने गरेको बताए । सुनको कारोबार बढे सगै अहिले दैनिक करिब १ करोडको कारोबार हुने गरेको छ । उनले पछिल्लो समयमा ठुला गहना भन्दा साना र पुराना गहनाको खरिद विक्रि बढिहुने गरेको बताए ।
उनले पहिले रानी हार, मगल सुत्र, मुगाका माला, सिक्रि, तिलहरी लगाएतका गहना विक्रि हुने गरे पनि पछिल्लो समयमा साना गहना पहिलो रोजाइमा पर्ने गरेको बताए । अहिले ग्राहकले मिडियम तिलहरी, चन्द्रमा, काटा किल्प, जन्तर, नै गडे लगाएतका गहना पहिलो रोजाइमा पर्ने गरेको उनले बताए । सुन अहिले लागउने मात्रै नभए डिजाइन पनि रोजाइमा पर्ने गरेको बताए । कास्कीमा हप्तामा ३ किलो सुन कोटा प्रणालीबाट आउने गरेको उनले बताए ।
कोटाबाट आएको सुनले व्यवसायीहरुलाई नपुगेको दियालीले बताए । अहिले व्यवसायीहरुले ३५ प्रतिशत ग्राहकबाट आउने पुरानो सुन, ६५ प्रतिशत सरकारले कोटा प्रणाली र विदेशबाट आउने नेपालीले ल्याएको सुनबाट कारोबार गर्दै आएका छन् । कास्कीमा साना ठुला गरी २ सय ५० सुन पसलहरु छन् । सोमबार सुनको मुल्य ५९ हजार ४ सय र चादीको मुल्य १ हजार ५० रहको छ । बैशाखबाट सुनको मुल्यमा ओरालो लागे पनि केहि समय पहिलेबाट सुनको मुल्यले उकालो लागेको थियो ।
 
 
 

कमेन्टहरु
Loading...