१५ लाख रुपैया घुस रकम सहित इन्जिनियर पक्राउ

गुलरिया, ४ साउन / अख्तियारले ठेक्काको कमिशन लिइरहेको अवस्थामा कर्णाली नदी व्यवस्थापन आयोजना राजापुरका तीन इन्जिनियर सहित एकजना चालकलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले एक होटलबाट इन्जिनियर विश्वेश्वर प्रसाद शाह, हरिप्रसाद चौधरी, कमलप्रसाद सिटौला र सवारी चालक टंकप्रसाद ओझालाई टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई कर्णाली नदी व्यवस्थापन आयोजनाको निर्माण कार्यको भुक्तानी वापत १५ लाख रुपैयाँ बुझ्दै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाकारी दिएको छ ।

कमेन्टहरु
Loading...