घलेलमा ल्होसार उत्सवको तयारी

पोखरा, ३ पुस । कास्कीको ल्वाङघलेल गाविसस्थित घलेल गाउँमा १५ औं ल्होसार उत्सव हुने भएको छ । ल्वाङघलेलको परम्परागत कला–संस्कृतिको संरक्षण तथा खेलकूदको विकास गरी घलेलको पर्यटन विकास गर्न विगत १४ वर्षअघिदेखि गरिंदै आएको ल्होसार घलेल उत्सवलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको आयोजक संस्था बौद्ध सृजना युवा क्लबका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिएका छन् ।पुस १५ देखि १९ गतेसम्म चल्ने उत्सवमा साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम, खुल्ला वडास्तरीय भलिबल प्रतियोगित, क्लबस्तरीय खुल्ला महिला भलिब प्रतियोगिता, खुल्ला लोकदोहोरी तथा एकल नृत्य प्रतियोगिता, अर्गानिक परिकारका स्वाद, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतीलगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

करीब २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो उत्सवमा घैटो फुटाउने, रस्साकसी, छेलोलगायतका मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत सञ्चालन गरिने छ । ल्होसार उत्सव सम्पन्न गर्नका लागि रोशन गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन
गरिएको छ । पाँचवर्षअघि होमस्टे सञ्चालनमा आएको घलेलमा करीब ७० पर्यटक थाम्न सक्ने क्षमता रहेको छ ।

कमेन्टहरु
Loading...