गर्भपतन गर्ने चक्की खादा ज्यान जोखिममा

काठमाडौं, ६ जेठ /गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला काठमाडौको परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि आएकी थिईन। कान्तिपुर दैनिकमा समाचार छ ।

मिफेस्प्रिटोन, मिजोप्रोस्टोल लगायतका औषधि किनेर खाई ज्यान जोखिममा पार्नेहरुमा उनी एक्ली होइनन् । प्रसुति गृहमा त्यस्ता समस्या लिएर दिनहुँ एक दुई जना पुग्ने गरेका छन् । गर्भपतन को चक्की डाक्टरको सिफारिस बिना बेचे ५ वर्ष कैद हुने प्रावधान छ भने १२ सातासम्मको गर्भलाई पतन गर्न मिल्छ ।

‘यी चक्कीले चिकित्सकीय सहयोगमा ६३ दिनसम्मको गर्भपतन गर्न मिल्छ । तर, आफूखुसी प्रयोग गरेर वा त्यसभन्दा बढी समयको गर्भमा खाएर पाठेघर फुटाएकाहरूसमेत हामीकहाँ आउँछन्,’ प्रसूति गृहका निर्देशक डा। जागेश्वर गौतमले भने, ‘गर्भपतनको चक्कीलाई पारासिटामोलजत्तिकै सामान्य ठान्ने क्रम बढेको छ ।’

गौतम सकेसम्म गर्भपतन नगराउन सल्लाह दिन्छन् । ‘औषधि वा औजार प्रयोग गरेर गरिने गर्भपतनमा कुनै न कुनै समस्या वा खतराको सम्भावना हुन्छ,’ उनले भने । पछिल्लो जनसांख्यिक सर्वेक्षणअनुसार नेपालमा २५ प्रतिशत गर्भ बिनायोजना रहने गरेको छ । परिवार स्वास्थ्य महाशाखाका डा. झलक शर्मा गौतमका अनुसार मुलुकमा बर्सेनि करिब ६ लाख गर्भवती हुने गरेकामा १० प्रतिशतसम्म गर्भपतन हुने गरेको छ ।

कमेन्टहरु
Loading...