गरिमाले २५ प्रतिशत लाभांश दिने

पोखरा, २४ आश्विन/ पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय गरिमा विकास बैंकले सेयर धनिलाई २५ प्रतिशत लाभासं वितरण गर्ने भएको छ । बैंकले मूनाफाबाट १५ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर गरि २५ प्रतिशत लाभांश वितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

बैंकको अधिकृत पूँजी १ अर्व तथा जारी एवं चुक्ता पूँजी २० करोड रुपैया रहेको छ । बैंकले आर्थिक वर्ष ६८÷६९ मा ७ करोड ८९ लाख ८७ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसै गरी हालसम्म बैंकले करिव २ अर्व २५ करोड निक्षेप संकलन गरी १ अर्व ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको ढकालले जानकारी दिए ।

बैंकले १० जिल्मा स्वकृती पाए पछि ग्राहकलाई सेवा दिन ७ वटा शाखा कार्यालय सन्चालनमा ल्याउने तयारी गरेको छ । रुपन्देहीको भैरहवा, कपिलवस्तुको जितपुर, पर्वतको कुश्मा, फलेवास र हुवास तथा कास्कीको पोखरा–१६, बाटुलेचौर स्थित शाखा कार्यालयहरु भोलीबाट सन्चालनमा ल्याउने बैकले ढकालले जानकारी दिए ।

कमेन्टहरु
Loading...