CAN

व्यापारी ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई फर्केर हेर्दा

27

२० साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र यतिबेला निकै ठूलो चर्चामा छन् । कतिपयले ‘राजा आउ देश बचाऊ’ भनिरहेका छन् । पूर्वराजा पनि निस्कृय नबसी कहिले मधेस त कहिले पहाडमा डुलेर जनतासँग घुलमेल भइरहेका छन् । गणतन्त्र स्थापना भएको पाँच वर्ष नबित्दै राजावादीहरुले अहिलेको गणतन्त्रभन्दा राजाको ज्ञानेन्द्रको शासन ठीक छ भन्ने तर्क जोडतोडका साथ गरिरहेका छन् । तर, करिब अढाइ/तीनवर्ष पूर्वराजा ज्ञानेन्द्रले चलाएको शासन कस्तो थियो ? त्यसतर्फ फर्केर हेर्दा ज्ञानेन्द्रको शासनलाई रामराज्य मान्न सकिने कुनै आधार भने देखिँदैन ।gynendra
वि.सं ०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको आधा ‘कू’ र ०६१ माघ १९ मा पूर्ण ‘कू’ गरेको दिनदेखि ०६३ बैसाख ११ गते प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणासम्मको अवधिलाई हेर्दा ज्ञानेन्द्रको शासन भन्नाले झण्डै साढे ३ वर्षको अवधिलाई लिन सकिन्छ । ०५८ जेठ १९ गतेको दरबारहत्या काण्डयताको अवधिलाई जोड्ने हो भने ज्ञानेन्द्रले पुग नपुग ५ वर्ष शासन चलाए । ०४७ को संविधानले दिएको दायरामा बसेर सत्ताको महत्वाकांक्षा नदेखाएको भए शायद ज्ञानेन्द्र अहिलेसम्म पनि श्रीपेच लगाएर नारायणहिटीमा बसिरहेको हुने थिए ।
विशेष गरी माघ १९ को ‘कू’ पछि ज्ञनेन्द्रका पालामा भएका केही आर्थिक अनियमितता र भ्रषटाचारका केही उदाहरण यस्ता छन् :
– प्रत्यक्ष हुकुमी शासनका बेला पूर्वराजा ज्ञानेन्द्र शिकार खेल्नसमेत अफि्रकी देशहरुको भ्रमणमा निस्किए । त्यसबेला उनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई ८ करोड, ८५ लाख १८ हजार ५ सय ६४ रुपैयाँ सिध्याएका छन् । यसमध्ये ४ करोड ८७ लाख ५६ हजार ९ सय ८२ रुपैयाँ अहिलेसम्म निगमलाई हिसाब मिलान हुन बाँकी छ । ज्ञानेन्द्र यतिबेला बाढी पीडितका नाममा २५ लाख बाँड्दै हिँडेका छन् । तर, उनले डुवाएको निगमको पैसा बसले तिर्ने ? न अख्तियारले समाउन सकेको छ, न गणतान्त्रिक सरकारले नै । ज्ञानेन्द्रले गरेको सो अनयमितताबाट उनलाई राज्यले उन्मुक्ति दिएको छ । गणतन्त्र आएपछि मानवअधिकार उल्लंघन’bout छानविन गर्न रायमाझी आयोग बने पनि ज्ञानेन्द्र सरकारले गरेको भ्रष्टाचार’bout छानविन भएन ।
-तत्कालीन युवराज पारसले अष्ट्रेलियामा गैंडा उपहार दिने नाममा दलबलसहित भ्रमण गरेर ६ करोड सिध्याएका थिए । असोज १८ को काण्डपछि ज्ञानेन्द्रकी काकी हेलेन शाहलाई उपचार खर्चका नाममा राज्यकोषबाट १ करोड २० लाख बाँडिएको थियो ।
-आर्थिक वर्ष ०५८/०५९ मा राज्यकोषबाट राजपरिवारका लागि वाषिर्क १२ करोड ६३ लाख छुट्याइएको थियो । तर, ०५९/०६० मा त्यसलाई बढाएर ६८ करोड २५ लाख पुर्याइयो । ०६२/०६३ मा आइपुग्दा आफ्नै डाडुपन्यु भएको अवस्थामा यो बजेट ७५ करोड १२ लाख बनाइएको थियो ।
‘राष्ट्रवादी’का व्यापारिक साझेदार विदेशी
पूर्वराजा ज्ञानेन्द्र ०५८ सालमा राजा हुनुभन्दा अगाडिदेखि नै ब्यापारी थिए । अहिले पनि उनको व्यापार जारी छ । ज्ञानेन्द्रलाई राष्ट्रवादको प्रतीक बताउने गरिए पनि पूर्व राजपरिवारबाट सञ्चालित व्यवसायमा भारतीयहरुको समेत साझेदारी रहेको छ । पूर्वराजपरिवारका त्यस्ता व्यवसायहरुमा अन्नपूर्ण इन्टरनेशनल प्रालि, थर्ड आइ टुर्स एण्ड ट्राभल्स प्रालि, कुण्डलिनी हेल्थ क्लब, सोल्टी होटल, सोल्टी इन्टरप्राइजेज, गोरखा ट्राभल्स प्रालि लगायत रहेका छन् ।
त्यसैगरी नेबिको प्रालि, लक्ष्मी वनस्पति घ्यू, लक्ष्मी रोजिन टर्पेन्टाइन, हिमालय गुडरिक प्रालि, सूर्य नेपाल प्रालि, होटल शहन्शान इन्टरनेशनल, होटल डेला अन्नपूर्ण, हिमालय इन्टरनेशनल इनर्जी, सिप्रदी टे्रडिङ, सूर्य इन्टरप्राइजेज, गोरखा लरी प्रालि, लक्ष्मी कथ्था उद्योग, भोटे कोशी पावर कम्पनी, होटल शेर्पा, यति ट्राभल्स, नेपाल वनस्पति घ्यू, क्लब हिमालय प्रालि, स्पाइस नेपाल, अमरावति इन्टरनेशनल, होटल फिस्टेल, हेरिटेज प्लाजा, काठमाडौं प्लाजा, स्ट्याण्डर्ड चार्टर्ड बैंक, काठमाडौं बिजनेश पार्क, सिपिङ नेपाल आदि पूर्व राजपरिवारका आम्दानीका स्रोतहरु हुन् ।
यीमध्ये अधिकांशमा नेपालको पूर्वराजपरिवार र भारतीयहरुको संयुक्त लगानी छ । जस्तै सोल्टीमा कोलकाताकी भारती राज्यलक्ष्मीको समेत सेयर छ भने हिमालय गुडरिकमा पनि विदेशी (गुडरिक लरी)को साझेदारी छ । सूर्य नेपालमा इण्डियन टोबाको कम्पनी, होटल अन्नपूर्णमा द इण्डियन हाटल कम्पनीको लगानी छ । गोरखा लरीमा पनि विदेशी साझेदारी छ ।