वैद्य माओवादी चुनावी मैदानमा आउनुपर्छ : थापा

१० जेठ, रुकुम । नेपाली काँग्रेसका युवा नेता गगन थापाले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई चुनावी मैदानमा ल्याउनु पर्ने वताउनु भएको छ । थापाले वैद्य नेतृत्वको नेकपा-माओवादी लगायतका आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याएर मंसिरमा जसरी पनि निर्वाचनमा गराउनु पर्ने वताउनु भयो ।gagan-thapa-1 नेपाली काँग्रेस रुकुमले रुकुमको नुवाकोटमा शुक्रवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले वैद्य माओवादी लगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन काँग्रेसले छलफल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले आफूहरु सकेसम्म छिटो निर्वाचनमा जान चाहेको भएपनि एमाओबादीका कारण चुनावमा जान ढिलाई भइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’हामी सवै दललाई सहमतिमा ल्याएर चुनावमा जानुपर्छ भनिरहेका छौँ। तर एमाआबादी त्यसको विपक्षमा उभिएको छ । त्यसैले मुलुकसामू थप जटिल समस्याहरु आइरहेका छन् ।’उहाँले संविधानसभावाट संविधान जारी गर्दैमा मुलुक सम्बृद्ध नहुने वताउनु भयो । थापाले भन्नुभयो,’ संबिधानमा लेखेर देश बन्ने भए धेरै देशले विकाशित भइसक्थ्ये । संबिधान टेक्ने आधार मात्र हो ।’

थापाले नेपाललाई सधैभरी संबिधान वरिपरी घुमाएर मुलुकलाई उम्कनै नसक्ने खाडलमा हाल्नु बाहेक अरु प्रगति हुन नसक्ने दावी गर्नु भयो । उहाँले संबिधान सभाको कुरा मात्रै गरेर मुलुकले निकास पाउन नसक्ने भएकाले सवै दल मिलेर अघि वढ्नुको विकल्प नरहेको वताउनुभयो । देशलाई समृद्धितर्फ डोर्‍याउन दलहरुवीच राष्ट्र र राष्ट्रियताप्रति माया, सद्भाव र एकता हुनु पर्नेमा जोड दिनुभयो । थापाले आगमाी चुनाबमा काँग्रेस पार्टीको कार्यशैली र अर्को चुनावी घोषणा पत्र हातमा लिएर गाउँ आउने भएकाले काँग्रेसलाई जिताउन आग्रह गर्नु भयो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74241/#sthash.hw0eElTB.dpuf

कमेन्टहरु
Loading...