मैत्रिपूर्ण फुटवल प्रतियोगितामा पत्रकार महासंघ कास्की विजयी

पोखरा, ९ मंसीर। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की शाखाको आयोजनामा पोखरामा हुन लागेको पाचौ वृहत पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०६९ को प्रचार स्वरुप आयोजना गरेको मैत्रिपूर्ण फुटवल प्रतियोगितामा पत्रकार महासंघ कास्की विजयी भएको छ ।

ड्यामसाइडस्थित पर्यटन वोर्ड अगाडि शसस्त्र प्रहरी गणको खेलमैदानमा शनिबार भएको फाईनल खेलमा नेपाल पत्रकार महासंघ कास्कीले नेपाल शिक्षक युनियन कास्कीलाई ३–० ले पराजित ग¥यो । विजेता टिम पत्रकार महासंघ कास्कीलाइ ट्रफी र मायाको चिनो प्रदान गरिएको थियो । यसैविच महोत्सवलाई सफल बनाउनका लागि महोत्सव मुल आयोजक समितिले आईतबार विहान आठ वजे पोखराको पृथ्वीनारायण क्यामपस गेटबाट मटरसाईकल ¥याली निकाली पोखराका मुख्य मुख्य चोक र लेखनाथ नगरपालिका परिक्रमा गरि महोत्सव स्थल वसुन्धरा पार्कमा पुगेर समापन हुने मुल अयोजक समितिका संयोजक ऋषिराम शर्मा भण्डारीले जानकारी दिए ।

साथै महोत्सवको अन्तिम तयारीको जनाकारी दिनको लागि समितिले आईतबार साढे १२ वजे पत्रकार सम्मेलन गर्ने प्रचार प्रसार उपसमितिका संयोजक देवकृष्ण काफ्लेले जानकारी दिए । महोत्सव मंसीर १२ देखि १८ गते सम्म वैदामको बसुन्धरा पार्कमा चल्ने छ । यसैविच शनिबार नै आयोजना गरेको उच्च माध्यमिक विद्यालयस्तरिय मिनी म्याराथन प्रतियोगितामा सैनिक आवसिय माविका विनोद गुरुङ प्रथम, सैनिक आवसिय माविकै उत्तम अधिकारी द्धितीय र ज्ञानुवावु आवासिय उच्च माविका कृष्ण सुवेदी तृतीय भएका छन् ।

कमेन्टहरु
Loading...