उद्योगपति केसी र कार्यकारी अधिकृत कार्कीद्धारा महासंघको भवन निरिक्षण निमार्णमा सहयोग गर्ने

पोखरा, ०६ असोज / नेपाल पत्रकार महासंघ कास्कीले आफ्ना साधारण सदस्य लगायत सबै पत्रकारका लागि व्यवसायीक पत्रकारिता तालिम गर्ने भएको छ । महासंघको नियमित बैठकले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ पत्रकारिता तालिम गर्ने निर्णय गरेको हो ।

बैठकले महासंघका उपसभापति राजबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्य सम्पादन समिति समेत बनाएको छ । समितिको सदस्यहरुमा बिभु भुषाल, हुम गुरुङ, अनिल अधिकारी र भानु पराजुली रहेका छन् ।

क्षमता अभिबृद्धि तालिमका लागि छिट्टै मिति तोकेर सबै पत्रकारका लागि जानकारी दिने संयोजक गुरुङले जानकारी दिनुभयो । वहाँका अनुसार यस तालिममा सबै पत्रकार सहभागि हुन सक्ने जानकारी गराउनु भएको छ । महासंघको नियमित बैठकले मुटुरोगको उपचार गरिरहनु भएका फोटो पत्रकार राम गुरुङलाई थप १० हजार सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै शनिवार नेपाल पत्रकार महासंघ कास्कीको निमार्णाधिन भवनको पूर्व सभासद् तथा वरिष्ठ समाजसेवी सुर्यबहादुर केसी र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले भवनको निरिक्षण गर्नुभएको छ ।

वरिष्ठ उद्योगपति तथा समाजसेवी केसीले भवन निमार्ण कार्य सकिने चरणमा रहेकोमा खुसी व्यक्त गर्दैै, आफ्नो तर्फबाट सहयोग भईरहेको र आगामी दिनमा समेत सहयोग जारी रह्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

समाजसेवी केसीले भवन निमार्ण कार्य सम्पन्न गर्न सबै पत्रकारहरुलाई आग्रह समेत गर्नुभएको छ । यस्तै भवन निरिक्षण कै क्रममा पोखरा उमहानगरपालिकाका कार्यकारी अधिकृत कार्कीले पोखरा उमहानगरपालिकाबाट भवन निमार्णका लागि सहयोग गर्न आफ्नो तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यकारी अधिकृत कार्कीले आफ्नो विद्यार्थी जीवन पोखरामा बिताएको स्मरण गर्दै पोखरामै सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । वहाँले आफुले पर्यटकिय नगरी पोखराको बिकासका लागि सक्दो लाग्ने बताउँदै पोखराको बिकासका लागि आफ्नो तर्फबाट एउटा भएपनि इट्टा थप्न पहल गर्ने तर नविगार्ने बताउनुभयो ।

अध्यक्ष बद्रिबिनोद प्रतिक लगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरुले अतिथि द्धय केसी र कार्कीलाई भवनको निमार्ण कार्य र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी समेत गराएको उपाध्यक्ष राजबहादुर गुरुङले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...