नेपथ्यको नयाँ वर्षको उपहार

काठमाण्डौ, १ बैशाख /नेपथ्यको पोस्टर र रिलिज डेट घोषणा भएको छ । नयाँ वर्षको उपहार स्वरुप सम्पुर्ण नेपाली फिल्मका दर्शकहरुलाई नेपथ्यले उपहारस्वरुप पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विल्शनविक्रम राई, रेम बिक, मानव सुवेदी, आदित्य बुढाथोकी, सोना तिमिल्सिना र शुष्मा कार्कीलाई हाईलाईट गरिएको छ ।

‘नयाँ वर्षमा सम्पुर्ण नेपालीहरुलाई उपहारस्वरुप हामीले पोस्टर रिलिज गरेका हौँ ।’ फिल्मका निर्देशक रामराजा दाहालले भने–‘साथमा रिलिज डेट पनि घोषणा गरेका छौँ ।’ युवाहरुको सपनाको विषयमा बनेको फिल्मलाई दर्शकहरुले मन पराउनेमा आफु ढुक्क रहेको निर्देशक दाहालले सुनाए । अबको केहि दिनमा फिल्मको प्रोमो पनि दर्शकहरुका लागी उपहार दिने उनले बताए ।

ड्रिम वक्र्स फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई नयाँ वर्षमा आउने फिल्महरुमा आशालाग्दो फिल्मको रुपमा हेरिएको छ । निर्देशक दाहालले पनि यो फिल्मलाई आफ्नो करिअरसंग जोडिएको फिल्म बताएका छन् । त्यसैले फिल्मलाई उत्कृष्ट बनाउनका लागी आफुले कुनै कसर बाँकि नराखेको निर्देशक बताउँछन् ।

विल्शनविक्रम राई, रेम बिक, मानव सुवेदी, आदित्य बुढाथोकी, सोना तिमिल्सिना लगाएतले अभिनय गरेको फिल्ममा शुष्मा कार्की आईटम गर्लको रुपमा देखिएका छन् । फिल्ममा सुनील थापा, प्रियंका कार्की, रवी गिरी र सुवास कोईरालाले समेत अभिनय गरेका छन् । फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । फिल्ममा बाबु बलामीको द्वन्द, गम्भिर विष्टको कोरियोग्राफि र रोशन लामिछानेको सम्पादन रहेको छ । नेपथ्यको संगीत भने मानव सुवेदीले दिएका हुन् ।

 

कमेन्टहरु
Loading...