कास्कीको बेगनासमा फिल्मी कार्यशाला

पोखरा, १६ भाद्र/एक व्यक्ति एक सिनेमा निर्माणको प्रतिवद्धता सहित पोखरा फिल्म सोसाईटीले आयोजना गरेको चलचित्र निर्देशन कार्यशाला गोष्ठी सकिएको छ । सोसाईटीले आयोजना गरेको यो दोश्रो चलचित्र कार्यशाला हो । कास्कीको वेगनासतालको किनारमा भएको पाँच दिने कार्यशाला गएको ११ गतेवाट सुरु भएको थियो । कार्यशालामा कसरी न्यून मुल्यमा गुणस्तरीय चलचित्र निर्माण गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको पोखरा फिल्म सोसाईटीका अध्यक्ष तथा कार्यशाला व्यवस्थापन समितिका संयोजक घनश्याम लामिछानेले जानकारी दिए । कार्यशालामा देशैभरका विभिन्न स्थानका १९ जना सहभागी रहेको पनि संयोजक लामिछानेले जानकारी दिए । कार्यशालाको सहजीकरण ओस्कार कलेज अफ फिल्म स्टडिजका संयोजक मनोजवावु पन्तले गरेका थिए । 
filmकार्यशालामा चलचित्र निर्देशनका वारेमा वहु आयामिक विषयमा प्रशिक्षण भएको सोसाईटीका उपाध्यक्ष जितेश प्रधानले जानकारी दिए । उनले भने—“पोखरा फिल्म सोसाईटीले वार्षिक रुपमा चलचित्र निर्माणसँग सम्विन्धीत रहेका व्यवहारिक समस्याका विषयमा कार्यशाला दिन्छ ।” अहिले चलचित्र निर्माणमा क्षमता भन्दा पनि रहर वढी भएका सक्रिय हुँदा गुणस्तरिय चलचित्र निर्माण हुन नसकेकाले यस्ता खालका कार्यशाला गोष्ठी आयोजना गर्नुपरेको पनि उनको धारणा थियो ।
कार्यशालाको अन्तिम दिनमा औपचारिक कार्यक्रम गरी प्रमाण पत्र वितरण गरि सकिएको छ । कार्यशालाको समापनका अवसरमा वरिष्ठ चलचित्र निर्माता विनोद शेरचनले मोफसलमा रहेर पनि चलचित्रका क्षेत्रमा विशेष गोगदान दिएको भन्दै संस्थाको प्रशंसा गरेका थिए । उनले भने–“संस्थाले पोखरामा रहेर व्यक्तिगत पहलमा यस्तो कार्यशाला गर्नु आफैमा चुनौती हो ।” अव राम्रा फिल्म वनाउने निर्देशकको आवस्यकता परेमा पोखराको विकल्प नहुनेमा पनि उनको जोड थियो । उनले भने–“चलचित्र पैैसाले भन्दा पनि क्षमताले वनाउने हो त्यो क्षमता पोखरा फिल्म सोसाईटीका प्रत्येक सदस्यहरुमा देखेको छु ।”
कार्यक्रममा फेडरेशन अफ फिल्म सोसाईटीज अफ नेपालका अध्यक्ष तथा सोसाईटीका संस्थापक अध्यक्ष राजेश गोंगजुले अव नेपालको प्रतिनिधित्व गर्दै पोखराका चलचित्रहरु विश्व वजारमा जाने आशा व्यक्त गरे । उनले भने–“ यस्ता खालका कार्यशालाले पैसा मात्रै हुनेले फिल्म वनाउने हो भन्ने सोचको परिवर्तन गर्छ ।” पोखरा फिल्म सोसाईटीले आयोजना गरेको कार्यशाला गोष्ठी सकारात्मक भएको भन्दै संसथापक अध्यक्षले कार्यक्रममा लागेको खर्च व्यवस्थापनका लागि चलचित्र विकास वोर्डसँग कुरा राखेको पनि जानकारी दिए । उनले भने–“यो कार्यशालाको वारेमा मैले विकास वोर्डसँग कुरा गरिसकेको छु आशा गरौं केहि रकम म जसरी पनि उपलव्ध गराउँछु ।”
उनले अझ अगाडी थपे–“अव देखि नेपाल र नेपाल वाहिर हुने चलचित्र महोत्सव तथा प्रतियोगिताहरुमा पोखराका चलचित्रहरु पनि सहभागि गराउन अनुरोध गर्दै भने फस्टिभलहरुमा अव पोखराका चलचित्र सहभागि हुनु पर्छ त्यसको लागि म जस्तो सुकै सहयोग गर्न पनि तयार छु ।” कार्यक्रममा रिर्सोस पर्सन मनोजवावु पन्तले राम्रा चलचित्र निर्माणमा वजेटको खासै भुमिका नरहने भन्दै राम्रा फिल्म मनवाट आउने धारणा राखे । उनले भने–“तपाईहरु जती आफ्नो मन भित्रका कुराहरुलाई पर्दामा ल्याउने प्रयास गर्नुहुन्छ त्यति नै राम्रा चलचित्र निर्माण हुन सक्छन् ।” उनले पैसा कमाउन भन्दा पनि मनको भावना ईमान्दार भएर वाहिर ल्याउन सके राम्रा चलचित्र निर्माण हुने पनि धारणा व्यक्ति गरे । कथाको अभावमा राम्रा फिल्म निर्माण हुने आम धारणामा परिवर्तन गरी साना साना मानविय समवेदनालाई पर्दामा उतार्न पनि उनले अनुरोध गरे ।

कमेन्टहरु
Loading...