इडिभिको नतिजा मंगलबार सार्वजनिक हुने

91

पोखरा, २० वैशाख/संयुक्त राज्य अमेरिका सरकारले सन् २०१६ का लागि खुलाएको इडिभिको नतिजा मंगलबार सार्वजनिक गर्दैछ । अमेरिकाले इडिभी भरेकाहरु मध्येबाट चिठ्टा प्रणाली मार्फत हरेक बर्ष झैं यसबर्ष पनि नतिजा सार्वजनिक गर्न लागेको हो ।

अमेरिकी दूतावासका अनुसार मंगलबार राती पौने १० बजेपछि इडिभीको नतिजा अनलाईनमा हेर्न सकिनेछ । डिभिको नतिजा आधिकारिक वेबसाइटबाट हेर्न सकिने छ । त्यसका लागि डिभि फारम भर्दाको कन्फर्मेशन पेजमा भएको नम्बर लगायतका जानकारी भर्नुपर्नेछ । यसबर्ष पहिलो चरणमा विश्वभरिबाट १ लाख २५ हजारलाई छनोट गरिने जनाएको छ।

छनौटमा परेकाहरुले दोश्रो चरणमा डिएस २६० को फर्म भरेर पठाउनुपर्नेछ र त्यसपछि इन्टरभ्यु अप्वाइनमेन्ट प्राप्त भैसकेपछि, लगभग अमेरिका जान पाईने निश्चित हुन्छ । यसपछि, मेडिकल रिपोर्ट, पुलिस रिपोर्ट, शैक्षिक योग्यता लगायतका मापदण्डमा योग्य ठहरिए अमेरिकी दूतावासले अन्तर्वाता पछि भिसा प्रक्रिया सुरु गर्छ ।

भिसा प्राप्त भैसकेका व्यक्तिहरु अमेरिका गई स्थाई रुपमा बसोबास गर्न पाउनेछन् । अमेरिकी विदेश मन्त्रालयले डिभिको नतिजा यसपटक पनि फोन वा ईमेलबाट नदिने बताएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

Loading...