नेपाल र अफगानिस्तान भिड्दै, नेपालले टस जितेर फिल्डिङ गदै

पोखरा, १ भाद्र/एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल र अफगानिस्तान भिड्दैछन् । सिंगापुरमा आजबाट सुरु खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । ताजा स्थितिमा अफगानिस्तानले ३४ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको छ ।
creनेपालका लागि बसन्त रेग्मीले ३, चन्द्र साउद र अभिनास कर्ण ले एक(एक विकेट लिएका छन् । श्रीलंकामा २ साताको अभ्यासपछि सिंगापुर पुगेको नेपाली टोलीले आफूभन्दा सात वर्ष पछि क्रिकेट खेल्न सुरु गरेको अफगानिस्तानलाई सन् २००४ को एसीसी ट्रफिको प्लेट फाइनलमा हराएयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।
नेपाल अफगानिस्तानविरुद्धको हारको श्रृखला रोकेर सुखद सुरुवात गर्ने प्रयासमा समेत नेपालको अनुभवि टिमले आजबाट शुरु हुने इमर्जिङ टिमकपमा प्रतिपष्पर्धा गर्दै छ । एसिसिले क्रिकेटका विकाशोन्मुख देशलाई सिक्ने मौका दिने उदेश्यले टेष्ट मान्यता प्राप्त राष्ट्रहरुको यू–२३ टिमस“ग क्रिकेटमा उदाउ“दै गरेका राष्ट्रहरुको पतिष्पर्धा गराउँदै आएको छ ।
नेपालले आगामी नोभेम्बरमा युएइमा हुने ट्वान्टि–२० विश्वकप क्रिकेटको छनौट र अर्को वर्ष न्युजिल्यान्डमा हुने विश्वकप क्रिकेटको छनौटका लागि अभ्यासका रुपमा लिएको छ ।
श्रीलंकाको यू–२३ सँग खेलेको सबै अभ्यास खेलमा पराजय भोगेको भएपनि अन्तिम खेलमा स्थानीय नर्थ स्टन प्राभिन्सलाई हराएको नेपाली टोली आज उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । आगामि वर्ष हुने एकदिवसिय विश्वकपका लागि छनोट खेलका लागि पनि नेपालका लागि यो एउटा सिक्ने राम्रो मौका हुन सक्छ ।
नेपालको अभ्यास खेललाई मान्ने हो भने इमर्जिङ कपको यात्रामा नेपालसँग ठुलो अपेक्षा गर्नुको साटो आफ्नो प्रदर्शनमा सुधारको अपेक्षा गर्नु नै महत्वपुर्ण हो । बर्षाले प्रभावित भएपछि लामो समयसम्म तयारि गर्न नपाएको राष्ट्रिय टिमले श्रीलङ्काको यू–२३ विरुद्धको खेलमा आफ्नो लय समात्न सकेन् । श्रीलंका विरुद्धको फराकिलो हार ब्योहोरेको नेपालको समुहमा कडा प्रतिद्धन्दि छन् । आफ्नो समुहमा भारत र पाकिस्तानको यू–२३ तथा अफगानिस्तानको सामना गर्ने छ ।
समुह ‘बि’ मा श्रीलंका र बंगलादेशको यू–२३ तथा यूएइ र आयोजक सिंगापुर रहेका छन् ।
पुवुदु दशानायकिको प्रशिक्षणमा रहेको नेपाली टिममा कप्तान पारस खड्कासहित उपकप्तानमा ज्ञानेन्द्र मल्ल, सरद भेस्वाकर, राहुल विश्वकर्मा, शक्ति गौचन, बसन्त रेग्मी, सागर पुन्, प्रदिप ऐरी, अनिल मण्डल त्यस्तै पृथु बा“स्कोटा, विनोद भण्डारी, चन्द्र साउद सुबास खकुरेल, अभिनास कर्ण र रामनरेश गिरी रहेका छन् ।

कमेन्टहरु
Loading...