वडा स्तरीय विपद व्यवस्थापन समिति गठन

पोखरा, २७ असोज/पोखरा उपमहानगर पालिका, सिद्धार्थ क्लब र कम्युनिटि सर्पोट गु्रपको आयोजनामा पोखरा उपमहानगर पालिकाको वडा नं. १ मा वडा स्तरीय विपद व्यवस्थापन समिति गठन भएको छ । विपद जोखीम व्यवस्थापनको सवाललाई विकासका योजना संग मुलप्रवाहीकरण गरी विपद् उत्थानशिल समाज निर्माण गर्ने उद्देश्यले व्यवस्थापन समिति गठन गरेको हो ।

दिगो विकास सुनिश्चित गर्ने, सबैको पहुँच र स्वामित्व स्थापित हुने गरी स्थानिय स्रोत, साधन तथा क्षमताको अधिकतम् परिचालन गर्ने, व्यवस्थापन, सहभागीतामुलक, पारदर्शी, उत्तरदायी, र जिम्मेवार बनाउन व्यवस्थापन समिति गठन भएको हो ।

विपद उत्थानशिल समुदाय परियोजना अन्र्तगत नेपालको सरकारको “स्थानिय विपद् जोखीम व्यवस्थापन योजना निर्देशिका २०६८” अनुसार विपद व्यवस्थापन समिति गठन भएको सिद्धार्थ क्लबका कार्यक्रम संयोजक भगदक्त पौडेलले जानकारी दिए । वडा सचिव मञ्जु बहादुर बस्नेत अध्यक्ष रहेको २५ सदस्ययी समिति गठन गरको हो । समितिका सदस्यहरुमा टोल विकास संस्थाका प्रतिनिधिहरु, संकटासन्न समुदायको प्रतिनिधिहरु, राजनैनितक दलका प्रतिनिधिहरु, अन्य गैरसरकारी संस्थाको प्रतिनिधिहरु, विपद सम्बन्धि बिज्ञहरु र तथा नगरपालिकाको सामाजिक परिचालनक रहने छन् ।

कार्यक्रममा वडा सचिव मञ्जु बहादुर बस्नेतले समिति गठन पछि वडा स्तरमा संचालन गरीने प्रकोप सम्बन्धि कार्यक्रममा सहजता हुने बताए । त्यसै गरि टोल समन्वय समितिका अध्यक्ष ईश्वरी लाल श्रेष्ठ, शारदा पराजुली , विष्णु अधिकारी, कपिल भुसाल लगाएतले व्यवस्थपन समितिका बारेमा प्रष्ट पारेका थिए ।

कमेन्टहरु
Loading...